Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले गरेका कामको प्रचार गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

सरकारले गरेका कामको प्रचार गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । आफ्नै दलका नेताले सरकारले गरेका राम्रा कामको प्रचार गर्न कन्जुस्याइँ गरेको भन्दै उनले सरकारले गरेका कामको प्रचार लिएर जनतासम्म जान उद्योगी र व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले सोमबार राजधानीमा आयोजना गरेको राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै उनले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योगी व्यवसायीहरूलाई आह्वान समेत गरे । उनले जमीन, जंगल, जडीबुटी आदिको अधिकतम सदुपयोग गर्न पनि आग्रह गरे ।

त्यसको लागि सरकारले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । उनले भने, ‘यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौँ भन्ने सरकार हो ।’ साथै उनले कोभिड—१९ का कारण प्रतिकूल असर परेका बेला कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताए । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरू पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको भनाइ थियो ।

कोभिड १९ ले पारेको प्रतिकूल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको दाबी गर्दै उनले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत बताए । उनले आफ्नै पार्टीका केही नेताहरूले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको पनि दाबी गरे । ‘पार्टीका शीर्ष नेताहरूमा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया