Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी बैंकहरूमा निष्क्रिय कर्जा धेरै

सरकारी बैंकहरूमा निष्क्रिय कर्जा धेरै


काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूमध्ये सरकारी स्वामित्वका बैंकहरूमा निष्क्रिय कर्जा (एनपीएल)को मात्रा अधिक देखिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको तुुलनामा सरकारी स्वामित्वका बैंकहरूमा निष्क्रिय कर्जा बढी देखिएको हो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा निष्क्रिय कर्जा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिँदा कृषि विकास बैंकमा तीन दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी दुुई बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ७७ र तीन दशमलव ९१ प्रतिशत रहेको थियो ।

यीबाहेकका एनएएमबी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, प्रभुु बैंक, नेपाल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकसहितका आठवटा बैंकहरूमा भने चालू आवको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्र्जाको अनुपात दुुई दशमलव छ प्रतिशतदेखि दुई दशमलव ८८ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जा अनुपात शून्य दशमलव ९९ प्रतिशतदेखि तीन दशमलव १२ प्रतिशत रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासिकमा कुुमारी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक र सिद्धार्थ बैंकसहितका १० वटा बैंकहरूमा भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव छदेखि एक दशमलव ९१ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जाको अनुपात शून्य दशमलव १७ देखि दुई दशमलव ६९ प्रतिशतसम्म रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, नबिल बैंक र नेपाल एसबीआईसहितका सातवटा बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात चालू आवको दोस्रो त्रैमासिकमा शून्य दशमलव १९ प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्म कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यसतो कर्जाको अनुपात शून्य दशमलव १६ प्रतिशतदेखि शून्य दशमलव ८८ प्रतिशतसम्म रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया