Techie IT
×
गृहपृष्ठसमाचारऊर्जामन्त्री र महासंघको प्रतिनिधिमण्डलबीच भेट

ऊर्जामन्त्री र महासंघको प्रतिनिधिमण्डलबीच भेट


काठमाडौं  ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड लगायतका विषयमा मन्त्री रायमाझीको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपाय समेत पेश गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी), उपमहासचिव टंकप्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्यसमिति सदस्य अशोक कुमार केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया