नाकाबन्दीका समयमा खटाइएका भन्सार प्रमुख र अधिकृतमाथि मुद्दा
विराटनगर, पुस २३
मधेश आन्दोदनका नाममा भएको अघोषित भारतीय नाकाबन्दीको समयमा विराटनगर भन्सारको बागडोर सम्हालेका भन्सार प्रमुख र भन्सार अधिकृत दुवैलाई अख्तियार अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष ०७२/०७३ देखी दुई वर्षसम्म विराटनगर भन्सारको भन्सार प्रमुख रहेका कृष्णबहादुर बस्नेत र भन्सार अधिकृत राजेन्द्र ढुंङ्गाना दुवैलाई अकुत सम्पत्ती कमाएको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।
विराटनगर भन्सारबाट विभाग हुँदै अहिले अर्थ मन्त्रालयको उपसचिवमा कार्यरत राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै कृष्णबहादुर बस्नेतविरुद्ध पनि अख्तियारले १० करोड भन्दा बढीको मुद्दा दायर गरिसकेको छ । यी दुवै विराटनगर भन्सारका पुर्व कर्मचारी भएको कारण अहिले विराटनगर भन्सारमा तनाव उत्पन्न भएको एक कर्मचारीले बताए । पछिल्लो समय कृष्णबहादुर बस्नेत भन्सार विभाग र राजेन्द्र ढुङ्गाना अर्थ मन्त्रमलयमा कार्यरत रहेका थिए ।
सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव ढुङ्गाना र बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले गरेको छानबिनका क्रममा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गाना र वस्नेतले त्यसयता विभिन्न क्षेत्रमा गरी ठुलो रुपैयाँ खर्च तथा लगानी गरेका देखिएको दावी अख्तियारले गरेको छ ।
अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँको स्रोत नखुलेका कारण अख्तियारले सोही रकमबराबर बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ढुङ्गानाविरुद्ध विगोअनुसार जरिवाना र अवैध रुपमा आर्जिक सम्पत्ति जफतका साथै दुई वर्ष कैद सजाय समेत मागदाबी गरेको छ । त्यसैगरी विराटनगर भन्सारका तत्कालीन भन्सार प्रमुख कृष्णबहादुर बस्नेतका विरुद्ध पनि विगो बराबर जरिवाना र कैद माग गरी अख्तियारले मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया