स्वर्गीय नेता तामाङको सम्झनामा स्मृति भवन निर्माण

दोलखा ।
दोलखाको विगु गाउँपालिकामा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय भिमबहादुर तामाङको सम्झनामा स्मृति भवन निर्माण गरिएको छ । तामाङको सम्झनामा नेपाली कांग्रेस विगुले आलाम्पुमा निर्माण गरेको भिमबहादुर तामाङ स्मृति भवन निर्माणको गतबुधबार कांग्रेस नेता जिपछिरीङ शेर्पाले उद्घाटन गरेका थिए । कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हस्तबहादुर थामीको सक्रियतामा उक्त भवन निर्माण गरिएको हो ।
भवन निर्माणका लागि कांग्रेस नेता तथा कार्यकर्ताले आर्थिक सहयोग गरेको भवन निर्माण समितिका अध्यक्ष हस्तबहादुर थामीले जानकारी दिए । त्यसैगरी जिरी नगरपालिकामा पनि तामाङको स्मृति भवनको बनाइने भएको छ । उक्त भवन निर्माणका लागि जिरीमा शनिबार एक कार्यक्रमको आयोजना गरी नेता शेर्पाले भवनको शिलान्यास गरे । जिरी नगरपालिका वडा नम्बर ५ मा निर्माण हुने स्मृति भवनको लागि जिरी नगरपालिका नेपाली कांग्रेसका उपसभापति नरबहादुर जिरेलले करिब छ आना जग्गा दान गरेका छन् ।
भवन निर्माण गर्न नेता शेर्पाले पाँच लाख ५१ हजार, स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले पाँच लाख, नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्रबहादुर खड्काले एक लाख एक हजार, च्यागा शेर्पाले ५० हजार आर्थिक सहयोग गरेका छन् । स्मृति भवन एक वर्षभित्र निर्माण हुने भिमबहादुर तामाङ स्मृति भवन निर्माण समिति जिरीका उपसंयोजक एवं भवन निर्माण समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया