Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी सारडाको जसमीन हाइजीनद्वारा राजस्व छली

उद्योगी सारडाको जसमीन हाइजीनद्वारा राजस्व छली


विराटनगर ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन भएका स्यानिटरी प्याडका उद्योगले भारतबाट तयारी स्यानिटरी प्याड नेपाल भित्र्याएर सरकारलाई दोहोरो कर छली गर्ने गरेको पाइएको छ । भारतबाट स्यानिटरी प्याड आयात गर्दा मुख्य बिन्दुमै कर्मचारीसँगको मिलेमतोमा आयतकर्ताहरूले व्यापक राजस्व छल्ने गरेको घटना केही पहिले नै सार्वजनिक भएको थियो ।

उद्योगीले स्यानिटरी प्याड प्रतिपिसमा राजस्व तिरेर नेपाल भित्र्याउनु पर्नेमा उक्त स्यानिटरी प्याडहरू कर्मचारीसँगको मिलेमतोमा सजिलै केजीमा पास भएर आउँदा सरकारले ठूलो रकम राजस्व गुमाएको तथ्य केही पहिले नै खुलेको थियो । पछिल्लो समय सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको जसमीन हाइजीन प्रोडक्टले आन्तरिक राजस्व कार्यालयमा बुझाएको व्यवसाय विवरणमै प्रश्न उठेपछि उसले दोहोरो करछली गरेको रहस्य खुलेको हो ।

समाचारस्रोतका अनुसार जसमीन हाइजीन प्रोडक्टले चालू आर्थिक वर्षको पुस मसान्तमा बुझाएको आय विरणमा करयोग्य आय भन्दै तीन लाख मात्र रकम विवरणमा उल्लेख गरेपछि उसको कारोबार नै शंकाको घेरामा परेको कुरा थाहा भएको हो । उक्त उद्योगले आफ्नो कारोबार विवरणमा ५५ करोड देखाएको छ भने लाग्ने कर भन्दै ८३ हजार रकम मात्र देखाएपछि जसमीन हाइजीन प्रोडक्टको कारोबारले थप अन्यौल सिर्जना गरेको कुरा राजस्वस्रोतले दिएको हो । लाग्ने कर भन्दै न्यून रकम सरकारलाई देखाएको उक्त उद्योगले दुई लाख ८७ हजार रुपैयाँ राजस्व बुझाएको रहस्य पनि अहिले आएर खुलेको छ ।

स्रोतले भन्यो उक्त दुई लाख ८७ हजार रकम बुझाउन पनि उद्योगद्वारा स्यानिटरी प्याड सरकारी कार्यालयमा सप्लाइ दिएपछि सरकारी कार्यालयबाट कर कट्टी गरी उद्योगलाई भुक्तानी दिएको अवस्थामा सरकारी कार्यालयबाट नै रकम दाखिला गरेको दाबी गरेको हो । उद्योगले पनि उक्त रकम विभिन्न मितिमा विभिन्न ठाउँबाट भुक्तानी प्राप्त भन्दै टीडीएस दाबी गरेपछि जसमीन हाइजीन प्रोडक्टबाट अकल्पनीय राजस्व छली भएको रहस्य खुलेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट ३०१६४५४४१ मा दर्ता रहेको जसमीन हाइजीन प्रोडक्टका सञ्चालक मधुसुदन सारडा आफैँ लामो समयदेखि भारतको दिल्लीमा नै बसोबास गर्दै आएको कुरा व्यवसायीले नै जानकारी दिएका छन् । अर्का सञ्चालक अनिल सारडा रहेका छन् । तर उद्योग दर्ता प्रक्रियामा जो सञ्चालक रहेको देखिए पनि उक्त उद्योगका मास्टर उद्योगी पुनित सारडा रहेको कुरा उद्योगीस्रोतले जानकारी दिएका छन् ।

पछिल्लो समय सरकारले चालू आर्थिक वर्षमा एक अर्ब ८७ करोड बजेट स्यानिटरी प्याड खरिदका लागि विभिन्न स्थानीय निकायहरूमा विनियोजन गरेसँगै प्याड आयातको क्रम बढेर गएको कुरा उद्योगीले नै बताएका छन् । यता जसमीन हाइजीन प्रोडक्टका मुख्य सञ्चालक पुनित सारडा पनि अहिले आएर विवादित बन्न पुगेका छन् । उनले स्थानीय निकायको सप्लाइ आफ्नो नियन्त्रणमा लिनका लागि सरकारको दोहोरो राजस्व समेत छली गर्दै बजार नियन्त्रणको प्रयास गरेको कुरा समाचारस्रोतहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया