‘औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी खोज्न कतै जान पर्दैन’

कञ्चनपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारीका लागि कतै धाउन नपर्ने बताएका छन् । सोमबार बेदकोट नरपालिकामा पर्ने दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले सीप विकास र तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए । सरकारले देशमा विकासको नयाँ अभियानको थालनी गरेकोे पनि उनको दाबी थियो ।
दैजी–छेला औद्योगिक क्षेत्रको निमार्ण गर्ने निर्णय २०७२ चैत्रमा भएको थियो । औद्योगिक क्षेत्रले यस क्षेत्रमा रोजगारीका सिर्जना हुनुका साथै प्रविधिको पनि विकास हुने साथै देशमा आर्थिक क्रियाकलाप समेत विकास हुनेछन् । दैजी–छेला औद्योगिक क्षेत्र करिब सात अर्ब लागतमा पाँच वर्षभित्र बनिसक्ने लक्ष्य रहेको छ । प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रसँगै महाकाली नदीमा चार लेनको पुल निर्माण, दोधाराचाँदनीमा १० क्युमेक पानी सिँचाइका लागि भारतसँग सम्झौता भइरहेको र अबको छ महिनामा सिँचाइ गर्न थालिने बताए ।
यस्तै उनले ब्रह्मदेवमा निर्माण हुन थालेको नहर पनि चाँडै निर्माण हुने जानकारी दिए । साथै उनले आरक्षपीडितको समस्याको समाधान गर्नेतर्फ इङ्गीत गर्दै कञ्चनपुरका जनताले शिविरमा होइन छिटै गाउँघरमा बस्ने आश्वासन दिए । विसं २०५८ सालमा विस्तापित बनेका कञ्चनपुरका आरक्षपीडित दुई दशक बितिसक्दा पनि खुला आकाशमुनि बस्न बाध्य छन् । कञ्चनपुरका १४ वटा शिविरको समस्या समाधान छिटै गरी जनतालाई शिविरमा नभएर गाउँघरको बस्तीमा बसाल्ने उनले बताए । आरक्षपीडित संघर्ष
समितिका अध्यक्ष हिरासिंह भण्डारीले विगतमा पनि मन्त्रीदेखि लिएर प्रधानमन्त्रीलगायत सरकारपक्षलगायत नेताहरूले यस्तैगरी पीडितको समस्या समाधान हुन्छ भन्दै आवश्वासन दिनेगरेको तर पूरा नगर्ने प्रवृत्तिका कारण आफूहरूको समस्या जस्ताको त्यस्तै रहेको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाका पालामा विसं २०५८ सालमा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित पीडितको अहिलेसम्म पुनस्र्थापना हुन भने सकेको छैन । पीडितका नाममा १२औँ आयोग बनिसक्दा पनि पीडितको समस्या उस्तै रहेका छन् । अहिलेसम्म कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका शिविरमा बसोबास गर्दै आएका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा पुगेर निर्मला पन्त हत्याको सत्यतथ्य छानबिन गरी हत्यारालाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । ‘बैतडीकी भागरथी भट्टको वीभत्स हत्याको घटनामा प्रहरीले सफल अनुसन्धान गरेकोमा प्रहरीलाई धन्यवाद दिन चाहन्छु’, ओलीले भने, ‘अब निर्मला पन्तका बलात्कारी र हत्यारालाई पनि छिटै कानुनको दायरामा ल्याउने काम गर्नुस् ।’
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया