Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाललाई अतिकम विकसितबाट विकासोन्मुखमा लैजान सिफारिस

नेपाललाई अतिकम विकसितबाट विकासोन्मुखमा लैजान सिफारिस


काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय समितिले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी)को स्तरबाट विकासोन्मुख राष्ट्रको स्तरमा सूचीकृत गर्न सिफारिस गरेको छ । द युनाइटेड नेसन्स कमिटी फर डेभलपमेन्ट पोलिसी (सीडीपी)ले नेपालसहित बंगलादेश, लाओ पीडीआर, टिमोर लिस्टे र म्यानमारलाई यस्तो सिफारिस गरेको हो ।

सीडीपीको फागुन १० देखि बसेको बैठकले शुक्रबार स्तरोन्नतिको सिफारिस गरेको हो । समितिले सन् २०१८ मै नेपाललाई विकासोन्मुख राष्ट्रको योग्यता पुगेको ठहर गरेको थियो । बंगलादेश, लाओ पीडीआर र म्यानमारले भने लगातार दोस्रोपटक एलडीसीको मापदण्ड पूरा गरेको समितिले जनाएको छ ।स्तरोन्नतिका लागि नेपालसहित उक्त सबै देशले पाँच वर्षको तयारी समय पाएका छन् ।

कोरोनाको कारण तयारीको लागि पाँच वर्षको समय दिइएको समितिले जनाएको छ । आवश्यक भएमा सन् २०२४ मा त्रिवर्षीय समीक्षा हुनेछ ।समितिका अनुसार नेपाल, लाओ पीडीआर र बंगलादेशको स्तरोन्नतिको प्रमाणीकरण भने आगामी सेप्टेम्बरमा हुने महासभाले गर्नेछ । स्तरोन्नतिका लागि विकास व्यापार साझेदारहरुको यी देशलाई अत्यन्त आवश्यकता रहेको समितिले जनाएको छ ।

यसैबीच, समितिले यसअघि नै स्तरोन्नतिमा सूचीकृत हुनलागेका देशहरु साओ तोमी एन्ड प्रिन्साइप, इक्वेटोरियल गिनी, आंगोला, भुटान, सलमोन आईल्यान्ड, भानुआतु र सामोआको अनुगमन गर्ने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया