बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मानन्धर पक्राउ

काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका–२२ पाको न्युरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धरलाई बिहीबार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको जानकारी दिएको छ ।
सीआईबीका अनुसार मानन्धरविरुद्ध बैंकिङ कसुरका दुुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मंसिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रूपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । त्यसपश्चात् फरार रहेका मानन्धरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले झम्सीखेल ललितपुरमा छुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंंगा पन्तले जानकारी दिइन् ।
प्रवक्ता पन्तका अनुसार मानन्धरले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी लक्ष्मी बैंक लिमिटेड, शाखा कार्यालय हात्तीसार काठमाडौंमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरु दिएकोमा बैंकिङ कसुरजन्य अपराध ठहर भएको थियो । सुमित मल्ल भन्ने सुमित राज मल्ल र कविन्द्र श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मानन्धर भएको बैंकिङ कसुर मुद्दाहरु (थान–२) मा उच्च अदालत पाटनको २०७७ मंसिर १५ गतेको फैसलाले मानन्धरलाई दोषी ठहर गर्दै सजाय तोकेको थियो ।
यसैबीच, सीआईबीले वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी सप्तरी छिन्नमस्ता गाउँपालिका–३ वतन भएका ढुण्डीराज पोखरेल भन्ने ३६ वर्षीय राम कुमार साहलाई पनि पक्राउ गरेको छ । उक्त मुद्दामा सर्वोच्च अदालतको २०६९ जेठ १६ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका साहलाई प्रहरी ब्युरोबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका साहलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको सीआईबीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया