Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार

महासंघको द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य इ. देशबन्धु बस्नेतको सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरिएको छ । फोरमका सहसभापतिहरूमा कुल आचार्य, अनोज रिमाल र हरि बहादुर कार्की छन् ।

यस्तै फोरमका सदस्यहरूमा डा. मनिष थापा, उमेश रायमाझी, ब्लेसी ग्याडोन ढकाल, ऋषि प्रसाद ढकाल, खगेन्द्रराज ढकाल रहेको महासंघले जनाएको छ । त्यस्तै फोरमका विशेष आमन्त्रित सदस्यहरुमा आरके शर्मा, हिक्मत थापा, दिपक कुमार खड्का, पूर्ण हमाल, सुवाष पौडेल, किरण थापा र आमन्त्रित सदस्यहरुमा पुष्पदास श्रेष्ठ, महेशमान श्रेष्ठ, शुभाशिष थपलिया, चन्द्र प्रसाद ढकाल, रामेश्वर शाह, प्रकाश घिमिरे, प्रकाश तिवारी, अरनिको शाह र आशिष ढकाल रहेका छन् ।

फोरमको सल्लाहकारहरूमा इक्वेडरका महावाणिज्यदूत शशिकान्त अग्रवाल, एनआरएनएका अध्यक्ष कुमार पन्त र महासंघका पूर्वकोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, नाडाका निवर्तमान अध्यक्ष शम्भु दाहाल, महासंघको पूर्वकार्यकारिणी समिति सदस्य अजय मुडवरी, कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, सार्क उवासंघका विजय मल्ल, नेपाल टर्की उवासंघका अध्यक्ष अखिल कुमार चापागाईं रहेको महासंघले जनाएको छ ।

फोरम विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि फोरमको अर्थपूर्ण सहयोग हुनसक्ने भन्दै यसमा लाग्न सुझाव दिए । महासंघका विभिन्न समकक्षी अन्तर्राष्ट्रिय सस्थाहरुसँग विगतमा भएका सहमति र सम्झौतालाई पुनर्ताजगी गर्न आवश्यक रहेको भन्दै उनले फोरमले यसतर्फ पनि गम्भीर गृहकार्य गर्ने विश्वास आफूले लिएको बताए । सबै कूटनीतिक च्यानलहरूसँग बलियो सम्पर्क विस्तार र विभिन्न देशका निजी क्षेत्रसँग समन्वय गरी मुलुकभित्र लगानी एवं प्रविधि आकर्षण, विकासका नयाँ नयाँ मोडलहरू समेत भित्र्याउने कार्यमा पहल गर्न उनले सुझाव दिए ।

महासंघले अगाडि सारेको भिजनमा मुलुकको आर्थिक वृद्धिदर दोहोरा अंकमा लैजाने र प्रत्येक वर्ष करिब चार लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न पनि बाह्य लगानी आवश्यक भएकाले यसमा सहयोग गर्न फोरमलाई आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न देशमा छरिएर रहेका करिब ५० लाख नेपालीहरू, नेपाली कूटनीतिक नियोगहरू, महासंघका समकक्षी अन्तर्राष्ट्रिय संघ÷संस्थाहरूसँग समन्वय सहकार्य गरी नेपालमा अन्तर्राष्ट्रिय लगानी ल्याउन फोरमले परिणामदायी कार्य गर्ने विश्वास लिएको बताए ।

फोरमका सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याई उद्योग व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा अधिकतम प्रयास गर्ने, व्यापार व्यवसाय विस्तारको सम्भाव्यताको अध्ययन गरी व्यवसाय प्रवर्द्धन गर्न पहल गर्ने, नेपालमा लगानी भित्र्याउन तथा नेपाली उत्पादनको निर्यात बढाउने मेला तथा गोष्ठीको आयोजना गर्ने लगायतको प्रतिबद्धता समेत जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया