Techie IT
×
गृहपृष्ठसमाचारथप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि


काठमाडौं ।
सोमबार थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको छ । थप दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार नौ सय ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार चार सय सात जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ सय ६२ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार सात सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया