बक्यौता करमा ब्याज लिने निर्णय तत्काल लागू नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं ।
सर्वोच्च अदालतले बक्यौता करमा ब्याज लिने निर्णय तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ । आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०७७ को दफा २४ मा उल्लेखित ‘शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी विशेष व्यवस्था’ विपरीत बक्यौता करमा ब्याज असुल्न थालेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।
अधिवक्ता भरतकुमार लकाईंले नेपाल सरकार, मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, आन्तरिक राजस्व विभााग र आन्तरिक राजसव विभाग प्रशासकीय पुनरावलोकन शाखालाई विपक्षी बनाउँदै गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले सो निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
आर्थिक ऐनमा २०७५ असार मसान्तभित्र भएको कर निर्धारण वा अन्तःशुल्क निर्धारणउपर चित नबुझाई प्रशासकीय पुनरावलोकन निवेदन दिई विचाराधीन वा आन्तरिक राजस्व विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन रहेका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिएमा त्यस्तो निर्धारणबाट कायम भएको आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कबापतको कर रकम र सोमा लागेको ब्याज २०७७ फागुन मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा दिइने उल्लेख थियो ।
आन्तरिक राजस्व विभागले २०७७ असार २८ गते निर्णय गरी साउन ८ गते जारी १३ बुँदे निर्देशनमा ‘मुद्दा फिर्ता भएपछि करदाताले कर निर्धारणबाट कायम भएको कर र सोमा लागेको ब्याज (दाखिला गरेको मितिसम्मको ब्याज गणना गरी) बुझाई शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहाको लागि सम्बन्धित कार्यलयमा निवेदन दिनुपर्नेछ’ भनेर उल्लेख गरी थप ब्याज लिन थालिएपछि रिट दायर गरिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले उक्त निर्णय तत्काललाई यथास्तितिमा राख्दै विपक्षीहरूलाई फागुन २५ गते छलफलका लागि बोलाउने आदेश सुनाएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया