Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीरगञ्जको रजनिश ट्रेडिङ र डल्फीन ट्रेडर्सद्वारा २५ करोड ८० लाख राजस्व छली

वीरगञ्जको रजनिश ट्रेडिङ र डल्फीन ट्रेडर्सद्वारा २५ करोड ८० लाख राजस्व छली


काठमाडौं ।
वीरगञ्ज उपमहानगरपालिका वडा नं. १० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिले २५ करोड ८० लाखभन्दा बढी राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले दुवै कम्पनीका सञ्चालक तथा प्रोप्राइटर रहेका रजनिश कुमार गुप्तालाई २५ करोड ८० लाख ६५ हजार चार सय २३ रूपैँया राजस्व चुहावट गरेको अभियोगमा सोही रकमबराबरको बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

रजनिश ट्रेडिङ कन्सर्न (स्थायी लेखा नम्बर ३०००३३८७२) तथा डल्फीन ट्रेडर्स प्रालि (स्थायी लेखा नम्बर ६०४२७८५५१) का सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावटको कसुर गरेको देखिएकोले उनलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन –२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो कायम गरी उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया