उद्योगीको काटलिङका कारण डण्डीको मूल्य वृद्धि
विराटनगर, पुस २४
डण्डीको उत्पादन गर्दै आएका उद्योगीहरूले उपभोक्ताको डाड सेक्ने गरी पछिल्लो समय महँगो मूल्यमा आफ्ना उत्पादन बिक्री वितरण गर्न थालेका छन् । अहिले पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा चलिरहेको बेलामा डण्डी उत्पादन गर्दै आएका उद्योगीहरूले आफ्नो लागत मूल्यभन्दा दुई गुणा बढी मूल्यमा डण्डीको बिक्री गर्न थालेका हुन् । उद्योगीहरूले आफ्नो काटलिङमार्फत जथाभावि मूल्य तोकेर डण्डी बिक्री गर्ने गरेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित डण्डी उत्पादन गर्दै आएका उद्योगीहरूले जथाभावि मूल्य तोकी डण्डीको बिक्री वितरण सुरु गरेको कुरा व्यवसायीहरू नै बताउँन थालेका छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका कमला रोलिङ, प्रिमियर्स आइरन, पशुपति आइरन, हुलास वायर र पछिल्लो समय उत्पादन थालेको आरती स्टिल उद्योगबाट उत्पादित डण्डी उद्योग सबैले एकैसाथ डण्डीको मूल्य वृद्धि गरेका छन् । यी उद्योगका सञ्चालक सबै उद्योगीको सरकार र अर्थ मन्त्रालयसम्मका जिम्मेवार व्यक्तिहरूसँग रहेको सामीप्यताका कारण सरकारले मूल्यसमेत तोक्न नसकेको एक डण्डी व्यवसायीले बताए । जसको परिणाम उद्योगी आफैँ मूल्य तोक्ने र बिक्री गर्ने क्रम चलेका कारण अहिले देशमा डण्डीको काटलिंङ्ग भएको दाबी पनि उनले गरे ।
त्यसैगरी सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित तुलसीराम अग्रवालको कमला रोलिङ मिल, राज्यलक्ष्मी गोल्छाको हुलास वायर र अशोक मुरारकाले सञ्चालन गर्दै आएको पशुपति आइरनका पवन सारडाले सञ्चालन गरेको प्रिमियर्स आइरन सबै डण्डी उद्योगीले एक हप्ता अगाडि प्रतिक्वीन्टल पाँच हजार छ सयमा कारोबार गरेका थिए । तर, एक हप्तापछि उक्त डण्डीको मूल्य अहिले प्रतिक्वीन्टल छ हजार आठ सय मूल्य तोकी कारोबार सुरु गरेपछि रातारात डण्डीका उद्योगीले स्वघोषित मूल्य कायम गरी उपभोक्ताको डाड नै सेक्ने काम भएको कुरा व्यवसायी नै बताउन थालेका छन् । एक हप्ताअगाडि डण्डी खरिद गर्दा एउटा मूल्य पठाएको उद्योगले अर्को हप्ता डण्डी खरिद गर्न जाँदा प्रतिकेजी तीन रूपैयाँ ४० पैसा मूल्य वृद्धि गरी बिल पठाएपछि मात्र आफूहरूले पनि थाहा पाएको उनले जानकारी दिए । डण्डी उद्योगीको काटलिङका कारण उपभोक्ता मारमा पर्दा पनि सम्बन्धित निकाय मौन बसेकोमा उपभोक्ताहरू आश्चार्य व्यक्त गर्न थालेका छन् ।
समाचारस्रोतका अनुसार उद्योगी सरकार र अर्थ मन्त्रालयदेखि भन्सार विभागका जिम्मेवार कर्मचारीहरूसँग भएको सामीप्यताका कारण भारतमा उत्पादित डण्डीको मूल्य अत्यन्त न्यून भए पनि नेपाल ल्याउन भन्सार मूल्याङ्कन र सरकारको राजस्व उत्पादित मूल्यभन्दा दोब्बर हुन जाने गरेका कारण आयत नै उद्योगीहरूले ठप्प बनाएका छन् । अर्थ मन्त्रालयका जिम्मेवार कर्मचारी र उद्योगीहरूसँग गरेको भित्री सहमतिअनुसार भन्सार विभागले भारतबाट उत्पादन भएको डण्डी पनि डण्डी उद्योगीको सेन्टिगेटका कारण नेपाल ल्याउन कठिन र असहज भएको कुरा व्यवसायीहरू बताउँछन् ।
भारतबाट उत्पादन भएको डण्डी सहजरूपमा नेपाल ल्याउने बातावरण भएमा भारतीय डण्डीको नेपालमा प्रतिक्वीन्टल पाँच हजार पाँच सयभन्दा एक पैसा नपर्ने दाबी पनि व्यवसायीले गर्न थालेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित डण्डी उद्योगीहरू सरकारको माथिल्लो निकायमा रहेका जिम्मेवार व्यक्तिहरूको नजिक रहेको हुँदा काटलिङ गर्न छुट भएका कारण मनपरी मूल्य तोकी डण्डीको कारोबार गरिरहेका कुरा समाचारस्रोतहरूले दाबी गरेका छन् ।
अहिले डण्डीका उद्योगीहरूले चलाएको काटलिङलाई सरकारले किन तोड्न सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ । एक हप्ता अगाडि पाँच हजार छ सयको डण्डी एक हप्तापछि छ हज्जार आठ सय किन पुग्यो भन्ने कुरा किन खोजी गरिँदैन भनी उपभोक्तहरूले प्रतिप्रश्न गर्न थालेका छन् । गत पुस १५ गतेसम्म पाँच हजार छ सयमा डण्डीको कारोबार गर्ने पशुपति आइरन, हुलास वायर, प्रिमियर्स आइरन, आरती स्टिल र कमला रोलिङ मिललाई १५ गतेपछि के कुरामा मूल्य बढ्यो र उत्पादन मूल्य बढ्यो भन्ने जवाफ कस्ले खोज्ने भन्ने प्रश्न उठ्न थालेको छ । उद्योगीको काटलिङका कारण डण्डीमा मूल्य वृद्धि भएको कुरा व्यवसायीले नै बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया