Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्यवृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको छ । निगमले यसअघि यही फागुन ४ गते पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ शून्य छ पैसा र डिजेलमा ८ रुपैयाँ २२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।

निगमका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल सोमबार राति १२ बजेपछि प्रतिलिटर एक सय १६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ कायम भएको छ । यस्तै हवाइ इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रतिलिटर बिक्री मूल्यमा पाँच रुपैयाँले वृद्धि गरी ७२ कायम गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८ सय ९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् नै कायम राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रतिलिटर ४२ रुपैयाँ सात पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेसनले सोमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया