Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअचानक बढ्यो सेयर बजार

अचानक बढ्यो सेयर बजार

४० दशमलव ६४ अंकले बढ्दा पाँच अर्ब ६९ करोडको खरिदबिक्री


काठमाडौं ।
एक साताभन्दा लामो समय घटेको सेयरबजार सोमबार अचानक बढेको छ । अघिल्लो दिनको जस्तै सोमबार पनि सेयर घट्ने देखिए पनि एकाएक बढेको थियो । सोमबार सेयर बजार परिसूचक राम्रैसँग उकालो लाग्यो । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ४० दशमलव ६४ अंकले उकालो लागेर २५ सय १५ दशमलव तीन अंकमा चढेको हो ।

सोमबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन छ दशमलव ४७ अंकले उकालो लागेर चार सय ५३ दशमलव ७५ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूह अन्तर्गत दुई सय नौवटा कम्पनीहरुको सेयर कारोबार भएको छ । ती कम्पनीहरुको ७० हजार तीन सय ३९ पटकको कारोबारमा एक करोड १८ लाख ३८ हजार चार सय ८८ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा यस दिन कुल कारोबार रकम पाँच अर्ब ६९ करोड २३ लाख १६ हजार आठ सय ३१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुुल उपसमूहमध्ये सबैको सूचक बढ्दा सेयरबजार पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २६ दशमलव ८२ अंकले उकालो लागेर १८ सय १९ दशमलव सात अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ३८ दशमलव २२ अंकले उकालो लागेर २६ सय एक दशमलव १५ अंकमा चढेको छ ।

जलविद्युुत् उपसमूहको सूचक पनि ३० दशमलव ७९ अंकले उकालो लागेर १९ सय ७० दशमलव ६६ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि ८१ दशमलव ४९ अंकले उकालो लागेर चार हजार दुई सय ९९ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय ८३ दशमलव ८३ अंकले उकालो लागेर १२ हजार नौ सय ५८ दशमलव एक अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ५९ दशमलव १७ अंकले उकालो लागेर १७ हजार तीन सय ३३ दशमलव ५९ अंकमा चढेको छ ।

यी बाहेक ट्रेडिङ, होटल र पर्यटन, फाईनान्स, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि क्रमशः ९७ दशमलव ३४, ५५ दशमलव ८१, २३ दशमलव छ, ६८ दशमलव ३१, २७ दशमलव ६२, शून्य दशमलव शून्य तीन र एक दशमलव ८६ अंकले उकालो लागेका छन ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य नौ दशमलव ९० प्रतिशतले बढेर चार सय ५५ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आठ दशमलव १२ प्रतिशतले बढेर सात सय १९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक वरुण हाइड्रोपावर कम्पनी, आशा लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्यचुुअल फण्ड २ को प्रतियुनिट सेयर मूल्य एक दशमलव ८४ प्रतिशतले घटेर १० रुपैयाँ ६५ पैसामा किनबेच भएको छ । दोस्र्रो स्थानमा परेको ११ प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०८३ को प्रतियुनिट सेयर मूल्य पनि एक दशमलव ५० प्रतिशतले घटेर ११ सय १३ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक लक्ष्मी उन्नति कोष, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । यो बैंकको प्रतिकित्ता पाँच सय २९ रुपैयाँ अन्तिम मूल्यमा ४४ करोड ४८ लाख ५२ हजार छ सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको शिखर इन्स्योरेन्सको पनि प्रतिकित्ता २८ सय ३० रुपैयाँ अन्तिम मूल्यमा ३० करोड सात लाख ९९ हजार ९७ रुपैयाँको कारोबार भएको छ । यीबाहेक ग्लोबल आईएमई बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन मञ्जुुश्री फाइनान्सको १८ प्रतिशतको अनुपातमा १४ लाख ७२ हजार छ सय ३६ दशमलव २७ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया