Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘मेक इन नेपाल’को बहसमा परिसंघ, अर्थमन्त्री र उद्योगमन्त्रीसँग अभियानबारे छलफल

‘मेक इन नेपाल’को बहसमा परिसंघ, अर्थमन्त्री र उद्योगमन्त्रीसँग अभियानबारे छलफल


काठमाडौं ।
नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । यसैक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वको परिसंघका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णु प्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई छुट्टाछुट्टै भेटी ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको छ ।

परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए ।

परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए । यस अभियानमा सरकाले स्वमित्वबोध गरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया