Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड निकासा

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड निकासा


काठमाडौं ।
अर्थ मन्त्रालयले एक सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार छ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरू निर्माणाधीन अवस्थामा छन् । स्वास्थ्य संस्थाहरूको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृति दिएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि चार अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि दुई अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको थियो । र, सोहीअनुसार गत मंसिर १५ गते तीन सय आठवटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया