Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनकोशी–मरिन डाइभर्सन आयोजना शिलान्यास

सुनकोशी–मरिन डाइभर्सन आयोजना शिलान्यास


काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरिएको छ । आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका हुन् । आयोजनाको सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब तराईको माटो रसिलो र मलिलो हुने बताए ।

प्रदेश २ वनको सन्दर्भमा निकै पछाडि रहेको भन्दै उनले यसलाई अब फलफूलको बगैँचामय बनाउने समेत बताए । त्यसबाट उत्पादित फलफूल प्रचुरमात्रामा निर्यात गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफूलाई केहीले मधेशविरोधी भनेर प्रचार गर्ने गरेको भन्दै केपी ओली मधेश नपसे पनि पानी पसाइदिएर खेतचाहिँ भिजाइदिने बताए ।

उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिघा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । साथै डाइभर्सनको पहिलो विन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारकाले लिएको छ । साथै सुनकोशी–कमला डाइभर्सनबाट अर्को एक लाख ७० हजार बिघा थप सिँचाइ हुने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा उनले देश अब विकासको बाटोमा गएको र यसबाट पछि नफर्किने बताए ।

एक सय चार वर्षअघि बनेको सुरुङ पुनर्निर्माण गर्नेदेखि आधुनिक सुरुङको युग समेत सुरु भएको उनको भनाइ छ । साथै उनले आगामी तिहारदेखि विद्युतीय बस सञ्चालन गरिने पनि जानकारी दिए । अहिले अर्बौँको औद्योगिक क्षेत्र विकास गर्दै उल्लेख गर्दै उनले दुर्गम ठाउँ पनि केबलकार निर्माणलाई प्राथमिकता दिइने बताए । जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको भन्दै उनले तीन वर्षमा देशले आश्चर्यजनक प्रगति गरेको दाबी गरे ।

विकासको गतिमा हिँड्दा बीच–बीचमा आफूलाई केही तत्वहरुले प्रहार गरेको समेत बताए । ‘हामीले हुर्काएको बिरुवा कहिले हावा आएर भाँच्छ । पहिरोले पर्खाल भत्काउँछ’, उनले भने, ‘तर त्यो स्वर्गतिर हिँड्दा युधिष्ठिरहरू ढलेजस्तो होईन, एउटा ढले हजारौं भएर निस्किन्छौँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया