Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगलागीपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार सहयोग गर्ने

आगलागीपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार सहयोग गर्ने


विराटनगर ।
ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागीपीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा समेत गरेका छन् ।

आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने उनको भनाइ थियो । आगलागीपीडितहरुको अवस्था बुझ्न बिहीबार घटनास्थल पुगेका राईले पीडितहरुको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिए । उनले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागिपरेको बताए ।

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २५० किलो दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेसलगायतका सामग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ । मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ती पुगेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया