घनश्याम भुसालको षड्यन्त्र असफल
मोतिपुरमा औद्योगिक क्षेत्र बनाउने सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ ।
कृषिमन्त्री भएको बेला किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेर नालायकी कमाएका घनश्याम भुसालको रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न नदिने षड्यन्त्र एक दिन पनि टिकेन । कांग्रेस नेता बालकृष्ण खाँँडले पनि उक्त औद्योगिक क्षेत्र शिलान्यासको विरोध गरे पनि उनीहरु दुवै शनिबार साँझ नै नांगिएका छन् ।
रुपन्देहीबाट २०७४ सालको आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद भुसाल नेकपामा विवाद भएसँगै प्रचण्ड–माधव नेपाल समूहमा लागेर केपी ओली नेतृत्वको सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए ।उनले आफ्नै जिल्लाको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न नदिने योजनाअनुसार शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल र उद्योगमन्त्री लेखनाथ भट्टमाथि कार्यकर्ता उतारेर ढुंगामुढा गर्न लगाउनुको साथै शिलालेख नै तोडफोड गराएका थिए । त्यस कार्यमा मोतिपुरका नभई अर्को क्षेत्रबाट कार्यकर्ता ल्याएर तोडफोड गराएको शनिबार भएको सहमतिले पुष्टि गरेको छ ।
भुसालले जग्गा दलालीको लागि बाटो खुलेको भन्दै उक्त औद्योगिक क्षेत्रको शिलान्यासको विरोध गरेका थिए ।तर, स्थानीयले शनिबार मोतिपुर औद्योगिक करिडोरलाई निर्बाध अगाडि बढाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग लिखित सहमति गरेका छन् । शुक्रबार भएको घटनाको पनि उनीहरुले निन्दा गर्दै उक्त घटना छिमेकी अन्य गाउँपालिका र नगरपालिकाबाट मान्छे ल्याएर गराइएको बताउँदै त्यसप्रति दुःख व्यक्त गरेका छन् । सहमतिपत्रमा स्थानीय जनप्रतिनिधिले पनि हस्ताक्षर गरेका छन् ।
उक्त औद्योगिक करिडोर बुटवल उपमहानगरपालिका–१७ मा निर्माण हुनेछ । सो क्षेत्रमा रहेका २३ सय घरधूरीका प्रतिनिधि र लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । स्थानीयको तर्फबाट नमूनाटोल विकास विकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकीले हस्ताक्षर गरेका छन् । उक्त सहमतिमा १७ नम्बर वडाका अध्यक्ष सन्तबहादुर रानाको पनि हस्ताक्षर छ ।
सहमतिपछि उक्त औद्योगिक करिडोरको निर्माण निर्बाध रुपमा अगाडि बढ्नेछ । सहमतिपत्रमा हस्ताक्षर गर्ने स्थानीयले कसैले सो औद्योगिक करिडोर निर्माणमा अवरोध गर्न खोजेमा प्रतिकार गर्नेसमेत जनाएका छन् । शुक्रबार तोडफोड र ढुंगामुढा गर्न सफल भएपछि सांसद भुसाल उत्साहित बनेका थिए । तर, शनिबार साँझ नै उनको उत्साहमा स्थानीयले पानी खन्याइदिएका छन् । १० वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिले र पाँचवटा सेक्टर अध्यक्षहरुको सहमतिमा दुई पक्षीय सम्झौता भएको हो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया