Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न राष्ट्रपतिको निजी क्षेत्रलाई सुझाव

आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न राष्ट्रपतिको निजी क्षेत्रलाई सुझाव


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न निजी क्षेत्रलाई सुझाव दिएकी छिन् । कतिपय उत्पादनहरू देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि विदेशबाटै आयात गनुपर्ने अपस्था रहेको भन्दै उनले उद्योगी व्यवसायीहरूले त्यसतर्फ पनि ध्यान पु-याउनुपर्ने बताइन् । नेपालको धेरै क्षेत्रमा दक्ष कामदारहरूको अभाव रहेकोले निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु-याउनुपर्ने उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्र एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शुक्रबार छलफल गर्दै उनले परिसंघले अगाडि बढाएको मेक इन नेपाल–स्वदेशी अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने समेत बताइन् । निजी क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनुपर्ने उनको भनाइ थियो । सरकारले स्वदेशी उत्पादनलाई नै प्रवर्द्धन गर्नको लागि स्वदेशी सामानको खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसङ्ग उल्लेख गर्दै उनले आत्मनिर्भरता र अन्तरनिर्भरता दुवै संस्कारको रूपमा अगाडि बढिरहेको बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताए । अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरूलाई आत्मनिर्भर बनाउन थप सहयोग पु¥याउने उनको भनाइ थियो ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियानलाई अगाडि बढाउनको लागि परिसंघको अवधारणा प्रस्तुत गरेका थिए । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडि सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनुपर्ने बताए ।

परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु-याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात चार दशमलव तीन अर्ब डलर पु-याउनेलगायतका विषयमा जानकारी गराएका थिए ।

डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजी खर्च, सेवाक्षेत्रको आधुनिकीकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरूको उपभोगलाई प्राथमिकता दिने र स्थानीय उत्पादनलाई वैदेशिक बजार खोज्न अभियानले महत्वपूर्ण योगदान गर्ने बताएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया