Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा

सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा


काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको बताएका छन् । त्यसका लागि सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको जानकारी दिए । चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माध्यमिक विद्यालयको भवनको शिलान्याश गर्दै उनले २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको बताए ।

जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए । उक्त भवनको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्माले संयुक्तरूपमा शिलान्यास गरेका थिए । २०७२ सालको भूकम्बाट क्षतिग्रस्त उक्त विद्यालय पुनर्निर्माणमा भारत सरकारको सहयोग हुन लागेको हो ।

भारत सरकारले करिब ७० विद्यालय पुनर्निर्माण गरिरहेका छ । साथै २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ । कार्यक्रममा काउन्सिलर शर्माले नेपालको विद्यालय पुनर्निर्माणमा भारतको सहयोगले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । भारत सरकारको करिब साढे छ करोड ४८ लाख रूपैयाँ लागतमा निर्माण सुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ । ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया