Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंको भीमसेन गोलामा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा

काठमाडौंको भीमसेन गोलामा हेल्थवाइज पोलिक्लिनिक सञ्चालनमा


काठमाडौं ।
काठमाडौंको बानेश्वरस्थित भिमसेन गोलामा हेल्थवाइस पोलिक्लिनिक सञ्चालनमा आएको छ । फिलिपिन्समा सौन्दर्य उपचारमा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका युवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा आएको हो ।

केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी थिइन् । कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रुपमा अगाडि बढाउने उदेश्य राखेको छ भने सौन्दर्य र स्वास्थ्योपचार दुवै विधालाई एकैसाथ अगाडि लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरुको दाबी रहेको छ ।

पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको संचालकहरुले जानकारी दिएका छन् । यस उपचार केन्द्रमा जो कसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्नसक्ने उनीहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया