Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक अर्ब ६१ करोड रुपैयाँको आईपीओको लागि अनुमति माग

एक अर्ब ६१ करोड रुपैयाँको आईपीओको लागि अनुमति माग


काठमाडौं ।
एक अर्ब ६१ करोड ९६ लाख ३० हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै छवटा कम्पनीहरु नेपाल धितोपत्र बोर्ड पुुगेका छन् । बोर्डका अनुसार दुुईवटा लघुवित्त वित्तीय संस्था र चारवटा जलविद्युुत् कम्पनीहरुले एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी एक करोड ६१ लाख ९६ हजार तीन सय कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग्दै बोर्डमा पुगेका हुन् ।

यसरी अनुमति साधारण सेयरको लागि अनुमति माग गर्नेहरुमा साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर कम्पनी रहेका छन् । सोमध्ये यही फागुुन महिनामा मात्र मनकामना, जीवन विकास र सहयात्रीले साधारण सेयर जारी गर्नको लागि अनुमति माग्दै आवेदन दिएका हुुन, बोर्डले भनेको छ ।

बोर्डका अनुसार साहस ऊर्जाले एक सय रुपैयाँ आयोजना प्रभावित र सर्वसाधारणको लागि समेत गरी एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयरको लागि आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिडेड रहेको छ ।

यसैगरी सामलिङ पावर कम्पनीले पनि बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आयोजना प्रभावित र सर्वसाधारणको लागि समेत गरी १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता सेयरको लागि आवेदन दिएको छ ।

बोर्डका अनुसार बुद्धभूमि हाइड्रोपावरले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने सिभिल मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडले पनि आयोजना प्रभावित र सर्वसाधारणको लागि नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । उक्त कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार लघुवित्ततर्फ भने मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्थाले पनि तीन करोड ८९ लाख रुपैयाँबराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएममबी क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि नौ करोड रुपैयाँबराबरको नौ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार उक्त संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया