सुरेश राउत
काठमाडौं, पुस २५
नक्कली नोटको कारोबारमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपत्यकामा खोटा मुद्रा अर्थात् नक्कली नोट बनाएर कारोबार गरेको अभियोगमा बुुधबार चार जनालाई पक्राउ गरेकोमा प्रारम्भिक अनुसन्धानपश्चात् बिहीबार सार्वजनिक गरेको हो ।
सीआईबीका प्रवक्ता वेल बहादुर पाण्डेका अनुसार पक्राउ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको अभियोगमा चार जनालाई काठमाडौं गोंगबुबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका ७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका ३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ वर्षीय आर्यन खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका ३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् ।
प्रारम्भिक अनुुसन्धानअनुसार पक्राउ परेकामध्ये बुढाथोकी जालीनोट बजारमा पु-याउने मुख्य व्यक्ति रहेको खुलेको छ । यसैगरी राना मगर जालीनोट बनाउने मुख्य व्यक्ति भएको तथा खड्का जाली नोट बनाउने मुख्य डिजाइनर भएको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेका चार जना व्यक्तिहरुमध्ये लिम्बु भने जालीनोट बजारमा पु-याउन सहयोग गर्ने भूमिकामा रहेको देखिएको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका एक हजार रुपैयाँ दरका जम्मा चार सय १३ थान अर्थात् चार लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा एक हजार रुपैयाँ दरको नोटको ए फोर साइजको पेपरमा चारवटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको पेपर ३५ थान, रंगीन फोटोकपी मेसिन एक थान र सीपीयू एक थान प्रहरीले बरामद गरेका प्रवक्ता पाण्डेले बताए ।
उनीहरुमाथि मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेकाहरुमध्ये बुुढाथोकीको साथबाट दुुई लाख ९८ हजार, रानामगरको साथबाट ९० हजार र खड्काको साथबाट २५ हजार नक्कली नोट बरामद गरिएको छ । मुुलुुकी अपराध संहिता २०७४ अनुसार मुुद्रासम्बन्धी कसुुरअन्तर्गत पक्राउ परेका व्यक्तिहरुलाई मुुद्राको परिमाणअनुसार पाँचदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुुने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया