‘दोहोरी च्याम्पियन’को सञ्चारमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं ।
नेपाल टेलिभिजनले कि इन्टरटेन्मेन्टको सहकार्यमा शनिबारदेखि प्रसारण सुरु भएको दोहोरी च्याम्पियन रियालिटी मेगा–शो सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुभारम्भ गरेका छन् । नेपाली लोकसंस्कृतिसम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा–शो नेपाल टेलिभिजनबाट हरेक शनिबार नियमित उत्पादन एवं प्रसारण हुनेछ । नेपाल टेलिभिजनले नेपाली लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन उत्पादन एवं नियमित प्रसारण गर्ने भएको हो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा शो सुरु गरिएको बताए । दोहोरी च्याम्पियन कार्यक्रमले थप नयाँ कलाकार जन्माउने उनको भनाइ छ । सो मेगा–शो प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट उत्पादन एवं प्रसारण गरिनेछ । दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा बद्री पंगेनी र प्रीति आले रहेका छन् ।
कुल ३५ लाख रुपैयाँ राशी पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वीतीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः २० लाख, १० लाख, तीन लाख र दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरबाट २४ कलाकार टोलीहरु छनौटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । दोहोरी च्याम्पियनका निर्णायकहरुमा दोहोरी विज्ञहरु प्रजापति पराजुली, रमेश बीजी, सीता थापा र चन्द्र शर्मा छन् । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापनको रुपमा की एड्भरटाइजिङ सर्भिस रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
- बंगलादेशमा एकै दिन सयभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु
- उदारीकरण र नेपालको अर्थतन्त्र
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया