Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण आगामी असार मसान्तसम्म

दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण आगामी असार मसान्तसम्म


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः छ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १२ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ट्रेजरीको जारी मिति भने यही चैत ३ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ चार अर्ब र एक सय ८२ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमशः आगामी असार १ गते र आगामी भदौ २९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने दुवै ट्रेजरी पुरानो नवीकरणअन्तर्गत रहेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसको लागि चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

दोस्रो चौमासिकमा उठाउने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया