बाँके, पुस २५
बाँकेको कोहलपुमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवं पर्यटन महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मुख्य आयोजनामा सुरु भएको ‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवं पर्यटन महोत्सव’ को उद्घाटन नेपाल सरकारका उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका थिए । महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले लामो समयदेखि निर्माण व्यवसायीहरूले काम नगर्दा देशको विकासले गति लिन नसकेको बताउँदै चालू आर्थिक वर्षको पहिलो चौमासिकमा प्रधानमन्त्रीद्वारा १५ दिनभित्र निर्माण व्यवसायीहरूको विवरण उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए ।
मन्त्री भट्टले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित वस्तु, नयाँ तरिकाको कृषि व्यवसाय अबको प्राथमिकता सरकारले राखेको र नीजि क्षेत्रका लागि लगानीमैत्री वातारण निर्माण गर्न सरकार तयार रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंंघले सबै प्रदेशमा महोत्सव लगाउने अभियानमा रहेको जानकारी दिँदै लघु उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू महोत्सवमा प्रर्दशन गरी आफ्नो लक्ष्य पूरा गर्नेे बताए । साथै विदेशी वस्तुलाई प्राथमिकता दिनका लागि नभएर स्वदेशी वस्तुलाई विशेष जोड दिनका लागि महोत्सव आयोजना गरिएको उनले बताए । सरकारले स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि सहजीकरण गर्न माग गर्दै नेपालमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ले बाँकेको कोहलपुरलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रबिन्दुका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुर क्षेत्रको पहिचानलाई अन्य क्षेत्रमा चिनाउनका लागि महोत्सव आयोजनालाई विवादित बनाउन नहुने भन्दै महोत्सवलाई सफल बनाउन यस क्षेत्रका उद्योगी व्यापारीहरूलाई अनुरोध गरेका छन् । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले महोत्सवहरूले स्थानीयस्तरबाटै उपादित भएको वस्तुहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । महोत्सवको उद्घाटनअघि हात्ती तथा विभिन्न किसिमका झाँकी प्रदर्शनसहित कोहलपुर चौराहाबाट -याली निकालिएको थियो । हात्तीसहितको -याली कोहलपुर बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो ।
महोत्सवमा स्थानीयस्तरमै उत्पादित वस्तु, विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘मेहेनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया