इजरायल सरकारसँग नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन आग्रह

काठमाडौं ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपार र इजरायलबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारसुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन इजरायल सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले सोमबार सिंहदरबारमा गरेको भेटमा उनले यसमा दूतावासले पनि पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गरे । त्यसैगरी उनले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत्, पर्यटन र कृषि, सूचना–प्रविधि, खानीलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको पनि बताए । उनले दुई देशले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।
इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालिम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्’, उनले भने, ‘उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुसीको कुरा हो। यसले हाम्रो कृषि क्षेत्रमा व्यावसायिकता र प्रविधिको प्रयोग बढाएको छ ।’
भेटका क्रममा इजरायलका राजदूत गोडेरले इजरायलमा वार्षिक पाँच सय जना नेपाली ११ महिने कृषि तालिम लागि जाने गरेको बताउँदै अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम सुरु हुने जानकारी गराए । ‘इजरायलमा विदेशी कामदारले पनि स्वदेशीबराबरको सेवा सुविधा पाउने गरेका छन् । कामदारबीच कुनै विभेद छैन,’ राजदूत गोडेरले भने, ‘नेपाली कामदारलाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिबद्ध छ ।’ नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया