Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका ढुंगाना पक्राउ, एक महिना कैदसहित एक करोड ८५ लाख जरिवाना

बैंकिङ कसुरका ढुंगाना पक्राउ, एक महिना कैदसहित एक करोड ८५ लाख जरिवाना


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगानालाई पक्राउ गरेको छ । सीआईबीको प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ढुंगानालाई मंगलबार काठमाडौंको धुम्वाराहीबाट पक्राउ गरिएको हो ।

उर्मिला कँडेलको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी ढुंगाना भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले झापा जिल्लाको साबिक महारानीझोडा गाविस वडा नं. ३ परिवर्तित गौरादह नगरपालिका वडा नं.–१ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्वाराही बस्ने वर्ष ५१ को ढुंगानालाई एक महिना कैद र बिगोबमोजिम एक करोड ८५ लाख जरिवाना हुने ठहर भएको थियो । ‘सोपश्चात् उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादीलाई सीआईबीबाट खटिएको टोलीले मंगलबार धुम्वाराही काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो’, प्रवक्ता पन्तले भनिन् । प्रवक्ता प्रहरी उपरीक्षक पन्तका अनुसार पक्राउ परेका ढुंगानालाई बुधबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रवक्ता पन्तका अनुसार प्रतिवादी ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको उर्मिला कँडेलको नामको खाताबाट भुक्तान हुने गरी चेक काटी दिएका थिए । ‘पीडित जाहेरवाला कँडेललाई उक्त दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट ढुंगानाको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लिखित सजाय हुने गरी फैसला भएको थियो’, प्रवक्ता पन्तले भनिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया