Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन सय युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्ने

तीन सय युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्ने


भक्तपुर ।
तीन सय युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । चाँगुनारायण नगरपालिकाका तीन सय जना युवाहरूलाई नेपाल बैंकले व्यावसायिक प्रस्तावको आधारमा पालिकाको जमानीमा तीन लाख रूपैयाँको दरले विनाब्याज लोन दिने भएको हो ।

राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना मंगलबारदेखि सुरु भएको ‘सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता–जीवाईवी/एसवाईवी’ सात दिवसीय तालिम कार्यक्रममा बैंकले उक्त जानकारी दिएको हो । सोमबारसम्म सञ्चालन हुने तालिममा तीन सय ७० जना सहभागी छन् । उनीहरूलाई १० समूहमा विभाजन गरेर तालिम दिइएको छ । तालिमका उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यान्वनका लागि परिषद्ले युवा र बैंकलाई जोड्ने बताए ।

साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बैंकका डेपुटी सीईओ प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । युवाहरूले उधमशीलताका लागि विनाब्याज तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । मेयर उधमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया