Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचेक बाउन्सको आरोपमा उद्योगी दुगड पक्राउ

चेक बाउन्सको आरोपमा उद्योगी दुगड पक्राउ


काठमाडौं ।
चेक बाउन्सको आरोपमा उद्योगी प्रकाश दुगड पक्राउ परेका छन् । दुगड आइरन तथा कजरिया टायल्स उद्योग प्रबन्धनिर्देशक एवं कालीमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका मालिक समेत हुन् । उनी शुक्रबार पक्राउ परेका हुन् ।

उच्च अदालत ललितपुरले गत फागुन २६ गते दुगड र सरिता प्रधानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । न्यायाधीश रेखा थापा पाण्डेको इजलासले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुविरुद्ध विष्णुमान श्रेष्ठले गत माघ १९ गते जाहेरी दिएको र फागुन ३ गते दर्ता भएको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान हुुँदा उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार दुगड पाँच लाख ३७ हजार रुपैयाँ बिगोबराबरको कसुरमा पक्राउ परेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया