Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकको निर्देशन

एमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकको निर्देशन


काठमाडौं ।
एमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । आइतबार अनुमतिप्राप्त बैंक, वित्तीय संस्था एवं रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले मौरिससस्थित एमएण्डएम रेमिटसँगको सहकार्यमा रेमिट्यान्स कारोबार नगर्न निर्देशन दिएको हो ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एवं इजाजतपत्रप्राप्त विप्रेषण कारोबार गर्ने विप्रेषकहरुले मौरिससस्थित एमएण्डएम रेमिट्यान्ससँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए उक्त रेमिट्यान्ससँग कुनै पनि कारोबार नगर्न, नगराउन राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरेको हो । तर यस व्यवस्थाले उक्त रेमिट्यान्ससँग कुनै पनि लिनुपर्ने रकम भए त्यस्तो रकम असुल गर्न कुनै बाधा नपुग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया