Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुरका बुद्धिबहादुर पक्राउ

बैंकिङ कसुरका बुद्धिबहादुर पक्राउ


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १९ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रतिवादी बुद्धि बहादुर तामाङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको हो । हाल काठमाडौंको गोकर्णेश्वर न.पा. २ बस्ने ४० वर्षीय तामाङलाई मंगलबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले जानकारी दिइन् ।

प्रवक्ता पन्तका अनुसार तामाङविरुद्ध कुमारी तामाङले जाहेरी दिएकी थिइन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७७ फागुुन १७ गतेको फैसलाले तामाङलाई छ दिन कैद र १९ लाख ९० हजार रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो । सोपश्चात् उक्त सजाय बेरुजु रही फरार रहेका तामाङलाई सीआईबीको टोलीले मंगलबार जोरपाटी, काठमाडौंबाट पक्राउ गरेको हो । प्रतिवादी तामाङले २०७६ कात्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जोरपाटीमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडित तामाङलाई दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया