काठमाडौँ, पुस २७
सहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्रा क्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सुसूचित गर्ने प्रयोजनका लागि एक सय २० थान स्टप बोर्ड प्रदान गरिएको छ । उक्त बोर्ड सहरी विकास मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन् ।
राज्यमन्त्री मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो । महाशाखाका प्रमुख ढकालले “उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभाबकारी र परिणाममूखी बनाउदै सुरक्षित यात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ“ भने । उक्त बोर्डहरु सफर नेपाल ट्राभल एण्ड टुुर्स प्रा.ली.ले आाफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै तयार पारेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया