Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नेपाली नोटसहित दुई जना पक्राउ

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ


काठमाडौं ।
हजार र पाँच सय दरको नक्कलीजस्तो देखिने नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चनलाई नोटसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको सूचनापछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई पाँच सय दरको नौ थान नक्कलीजस्तो देखिने नेपाली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा एक हजार दरको ५१ थान, पाँच सय दरको ५७ थान, एक सय दरको दुई थान नक्कलीजस्तो देखिने नेपाली नोट, एक थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जालीजस्तो देखिने नोटलाई सक्कलीजस्तो देखाउनका लागि सेक्युुरिटी थ्रेड बनाउने कच्चापदार्थलगायतका विभिन्न सामानहरू फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया