Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा पुनः आठ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री

राष्ट्र बैंकद्वारा पुनः आठ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले पुुनः आठ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही चैत १० गते पनि राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

जारी मिति चैत १७ गते मंगलबार तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएको राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिएको कुुल टे«जरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ । यी टे«जरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ वैशाख १४ गते, २०७८ असार १५ गते र २०७८ असोज १२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त टे«जरी पुरानो नवीकरणअन्तर्गत रहेको छ ।

यसअघि यही चैत १० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ । टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको टे«जरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार


तपाईको प्रतिक्रिया