Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुुद्दाका फरार प्रतिवादी घिमिरे पक्राउ

बैंकिङ कसुर मुुद्दाका फरार प्रतिवादी घिमिरे पक्राउ


काठमाडौं ।
महानगरीय प्रहरी अपराध महाशाखा मीनभवनले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महेश्वर घिमिरेलाई पक्राउ गरेको छ । बाराको जितपुर सिमरा घर भई हाल काठमाडौंको टोखा बखुन्डोल बस्ने ३५ वर्षीय घिमिरेउपर एक करोड रुपैयाँ ठगी गरी बैंकिङ कसुरजन्य कार्य गरेको अभियोग रहेको, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रवक्ता कोइरालाका अनुसार घिमिरेउपर एक करोड रुपैयाँ ठगी गरेको अभियोग छ । सोही अभियोगमा प्रतिवादी घिमिरेउपर २०७७ माघ १२ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेलगत्तै घिमिरे फरार भएका थिए । ‘अहिले भने पक्राउ परेका घिमिरेलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ’, प्रवक्ता कोइरालाले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया