Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘प्रदेश ३’ अब ‘बागमती’, राजधानी हेटौंडा

‘प्रदेश ३’ अब ‘बागमती’, राजधानी हेटौंडा


काठमाडौं, पुस २८
आइतबार बसेको संघीय राजधानीसमेत रहेको प्रदेश ३ को प्रदेशसभाको बैठकले प्रदेशको नाम ‘बागमती’ र राजधानी हेटौँडा पारित गरेको छ । आइतबार साँझ नै प्रदेश सचिवालयले प्रदेश राजपत्र प्रकाशित गरी नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी ‘हेटौँडा’ र संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नाम ‘बागमती’ नामकरण गरेको जनाएको छ ।

प्रदेशको आइतबारको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटाँैडालाई गरेको प्रस्ताव दुई तिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत ग-यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरेका कारण पक्षमा तीन मतमात्र परेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया