Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन छ सय तीन जनामा कोरोना संक्रमण

एकै दिन छ सय तीन जनामा कोरोना संक्रमण


काठमाडौं ।
बुधबार मात्रै नेपालमा छ सय तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८१ हजार पाँच सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार दुई सय ८९ पीसीआर परीक्षणबाट पाँच सय ८० र चार सय ५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार पाँच सय २६ पुगेको छ । हाल ४८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थपिएका कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र दुई सय ५४ जना छन् । तीमध्ये काठमाडौँका एक सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जना छन् ।

उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार चार सय ४७ जना पुगेको छ । बुधबार देशभर एक सय २९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित छन् । यीमध्ये चार सय ५७ जना संस्थागत आइसोलेसनमा तथा तीन हजार पाँच सय ९९ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया