Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाशाखाद्वारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महाशाखाद्वारा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारीसाधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीव्ररूपमा अगाडि बढाइरहेको छ । महाशाखाले चोरी भएका १७ वटा मोटरसाइकल र नौवटा स्कुटर गरी २६ वटा सवारीसाधन खोजतलास गरी बरामद गर्न सफल भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू तथा धादिङ, चितवान, मकवानपुर, बारा जिल्लाबाट चोरी भएका उक्त मोटरसाइकलहरू खोजतलास गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बिहीबार सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएका हुन् । हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले महाशाखाले सवारीसाधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताए ।

उनले भने, ‘अधिकांश मोटरसाइकलहरू एकान्त तथा सुनसान स्थानबाट चोरी हुने गरेको पाइएको छ भने चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरूप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचबिखन गर्नेगरेको पाइएको छ ।’ सावधानी नअपनाउँदा सवारी चोरी भइरहेकोले सम्बन्धित सवारीधनी एवं चालक स्वयम् जिम्मेवार भई पार्किङ गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरू प्रयोग गर्नुपर्ने भट्टराईले सुझाव थियो ।

ट्राफिक प्रहरीले विशेष सूचना संकलन गरी अपरेसनबाट मोटरसाइकलहरू बरामद गर्दछन् भने चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गर्दछन् । अन्य अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महाशाखाले जनाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका तीन सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारीधनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरूमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ । चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवामा निवेदन दिने सकिने व्यवस्था समेत ट्राफिक महाशाखाले गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया