Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति

धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति


काठमाडौं ।
धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति दिएको छ । बोर्डका अनुसार पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानीकर्ताहरूको विश्वासलाई निरन्तरता दिने उद्देश्यका साथ बैंकले एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो योजनाको रूपमा एनआईबीएल समृद्धि फण्ड–२ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति पाएको हो ।

यो योजनाको आकार एक अर्ब २० करोड र यो योजना १० वर्षको अवधिसम्म सञ्चालनमा रहनेछ । प्रतिइकाइ मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइमध्ये बीज पुँजीबापत १० लाख इकाइ योजना व्यवस्थापक तथा न्यूनतम दुई करोड ३० लाख इकाइ कोष प्रवर्द्धकका लागि गरी कुल निष्काशन गरिने इकाइको जम्मा २० प्रतिशत अर्थात् दुुई करोड ४० लाख इकाइ सुरक्षित राखी बाँकी न्यूनतम नौ करोड ६० लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिनेछ ।

यो योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाइ बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरू अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरूमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाइधनीहरूलाई वार्षिक प्रतिफलको रूपमा वितरण गरिने यो योजनाको उद्देश्य रहेको कम्पनीले जनाएको छ । प्रभावकारी वार्षिक प्रतिफलको रूपमा २१ दशमलव ४३ प्रतिशत यो योजनाका इकाइ धनीहरूलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाइहरू दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजीबजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजनाहरू सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रवद्र्धक रही साथै बैकको सहायक कम्पनीको रूपमा रहेको एनआईबीएल एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबीएल म्युचुअल फण्ड नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ ।

एनआईबीएल म्युचुअल फण्डको पहिलो योजना एनआईबीएल समृद्धि फण्ड–१ सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाइधनीहरूलाई हालसम्म कुल ६३ दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यो योजनाको सात वर्ष अवधि पूरा भई योजना बन्द हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया