डाबर नेपालको रियल जुसमा अखाद्य वस्तु फेला प-यो
काठमाडौं ।
नेपालमा सञ्चालित भारतीय कम्पनी डाबर नेपालद्वारा उत्पादित रियल जुसमा अखाद्य वस्तु भेटिएको छ । डाबरको रियल फ्रुट पावर लेखिएको पोमिग्रेनेट नामक एक लिटरको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो । काठमाडौंको अनामनगरस्थित बिगमार्ट प्रालिबाट बिक्री भएका डाबर जुसका अधिकांश प्याकेटमा यस्ता अखाद्य पदार्थ भेटिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिगमार्टमा छापा मारेर ती जुसका प्याकेट नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब ४ बजेतिर विभागका अधिकारीले बिगमार्टमा छापा मारेका हुन् । अनामनगर निवासी २७ वर्षीया एक गर्भवती महिलाले केही दिनअघि बिगमार्टबाट उक्त जुस खरिद गरेकी थिइन् । जुस सेवन गरेपछि उनले अत्यन्तै बान्ता गरेकी थिइन् । केही दिनमा फेरि सोही जुस पिउन भन्दै बोटलबाट गिलासमा खन्याउने क्रममा बट्टामा हल्लिएजस्तो आवाज आएको र बट्टा चक्कुले चिरेर हेर्दा त्यसभित्र अखाद्य वस्तु फेला परेपछि विभागमा उजुरी परेको थियो । विभागले उजुरीको आधारमा बिगमार्टमा छापा मारेको हो ।
‘जुस पिएपछि असाध्यै बान्ता भयो । केही दिन त मलाई यो जुसप्रति कुनै शंका थिएन । जब मैले अर्को पटक सोही जुस पिउनका लागि बोटलबाट गिलासमा खन्याएँ, तब बट्टाभित्र केही हल्लिएजस्तो आवाज आयो’, ती महिलाले आर्थिक दैनिकसँग भनिन्, ‘बट्टाभित्र के छ भन्ने लागेपछि मैले चक्कुले चिरेर हेरेँ । त्योभित्र मानिसको पेटमा रहेको बच्चाजस्तो वस्तु देखेपछि विभिन्न निकायलाई खबर गरेँ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कतारका अमिरको आश्वासन: नेपाली श्रमिकलाई ‘राम्रो सुविधा’ हुने क्षेत्रमा रोजगारी
- तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने
- चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ
- राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
- राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया