Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघद्वारा भौतिकमन्त्रीलाई काठमाडौं घोषणापत्रबारे जानकारी

महासंघद्वारा भौतिकमन्त्रीलाई काठमाडौं घोषणापत्रबारे जानकारी


काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई महासंघको हालै सम्पन्न २२औँ साधारणसभाले गरेका निर्णयहरूबारे जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री नेम्वाङलाई भेटी चैत २९ र ३० गते सम्पन्न साधारणसभापश्चात् जारी काठमाडौं घोषणापत्रबारे जानकारी गराएको हो । जवाफमा मन्त्री नेम्वाङले सरोकारवालाहरूसँग छलफल गरी महासंघको घोषणापत्र कार्यान्वयनका लागि पहल गर्ने आश्वासन दिए ।

महासंघले साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी भई निर्माण व्यवसायीहरूको हौसला बढाएकोमा मन्त्री नेम्वाङसमक्ष आभार व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा अध्यक्ष सिंहसँगै महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, महासंघ कार्यसमिति सदस्य मोहनकुमारी कालिकोटे, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया