Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेगा केबलका सञ्चालक पोखरेलद्वारा ग्राहकको धरौटी फिर्ता नगरी आफैँ झ्वाम

मेगा केबलका सञ्चालक पोखरेलद्वारा ग्राहकको धरौटी फिर्ता नगरी आफैँ झ्वाम


काठमाडौँ ।

स्रोत नखुुलेको कालोधन लगानी गरेर सञ्चालक बनेका र आफुसरहका साझेदारको सेयर रकम बेच्न पनि नदिई हडपेर कम्पनी कब्जा गरी हालीमुुहाली जमाउँदै आएका मेगा केबल नेटका सञ्चालक बद्री पोखरेलले केबल नेट जडान गर्दा लिएको धरौटी रकम केबल नेट बन्द गर्दा फिर्ता नदिई आफैँ खाइदिने गरेको थाहा भएको छ ।

कुनै पनि कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कुनै पनि निकायमा दर्ता गर्दा सेवा प्रवाहसँगै मुनाफाको आशा राख्नु स्वाभाविकै हो । तर सेवाभन्दा ग्राहकलाई ठग्ने प्रवृत्ति भएको कम्पनी अधिक हुनथालेको छ, राजधानी सहर काठमाडौंमा । काठमाडौं उपत्यकाको वनस्थली, स्वयम्भू, सीतापाइला क्षेत्रलाई आधार इलाका बनाएर सञ्चालनमा आएको मेगा केबल नेटवर्क कम्पनीले ग्राहकलाई ठगी गर्ने गरेको रहस्य आर्थिक दैनिकले विगतमा सार्वजनिक गरिसकेको छ ।

कम्पनीले ग्राहकसँग लाइन जोड्ने समयमा सेटअप बक्सबापत लाइन काट्ने समयमा फिर्ता हुने शर्तमा एक हजार रुपैयाँ धरौटी राख्ने गरेको भए पनि सेटअप बक्स फिर्ता गर्दा हाल छ सय रुपैयाँ मात्र फिर्ता दिने गरेको कुरा खुलेको छ । कुनै पनि कम्पनीको विश्वसनीय, सुलभ तथा नियमित सेवा उपलब्ध हुनु कम्पनीको साख र गरिमासँग जोडिएको हुन्छ । सुरुमा ग्राहकलाई रकम फिर्ता हुने आश्वासन दिने र पछि आफ्नो धरौटीबापतको पैसा लिन जाँदा फिर्ता नदिने गरेको तथा दिए पनि चार सय रुपैयाँ कम दिने गरेको ग्राहकहरूको गुनासो छ ।

No description available.

नागार्जुन नगरपालिकाका दुई ग्राहकले अन्य च्यानल जोडेर आफ्नो धरौटीबापतको रकम फिर्ता माग्न जाँदा कम्पनीको नियम फेरिएको भन्दै चार सय रुपैयाँ कम दिने कुरा कम्पनीका एक प्रतिनिधिले बताएपछि कम्पनीको ठगी धन्दा सतहमा आएको हो । त्यसो त कम्पनीले जडानबापत १५ सय रुपैयाँ समेत लिने गरेको पाइएको छ । ग्राहकको केबललाई तिरेको तथा धरौटीबापतको बिल समेत आर्थिक दैनिकले फेला पारेको छ ।

ग्राहकसँग बार्गेनिङका लागि कम्पनीका तर्फबाट ९८६९६५४६६० नम्बर प्रयोग गर्दै गोरखा घर भएका थापा थरको कर्मचारीको प्रयोग हुने गर्दथ्यो । जुन व्यक्तिलाई बद्रीप्रसाद पोखरेलले रकम घटाएर दिन अह्राएको पाइएको थियो । यसरी उठाएको रकम उठाउने व्यक्तिले एक सय र पोखरेलले तीन सयका दरले भाग लगाउने गरेको पनि थाहा भएको छ । कम्पनीले किन कम रकम दिएको भन्दै गुनासो गर्ने पूर्वग्राहकहरूलाई पोखरेल आफैँले ९८५१०८२६९२ बाट फोन गरी आफू टेलिभिजन सञ्चालक भएको र टेलिभिजनमा फोटोसहितको नराम्रो समाचार सम्प्रेषण गरिदिने भन्दै धम्क्याउने गरेको एक पीडितले बताए ।

पोखरेलले आफ्नो घर कहिले धादिङको निगालपानी त कहिले ज्यामरुङ्ग बताउने गरेको थाहा भएको छ तर पोखरेल गोरखाको बगुवा घर भई हाल नागार्जुन नगरपालिका वडा नम्बर १ खरीबोट बस्ने गरेको पाइएको छ । चार सय रुपैयाँका लागि प्रहरी प्रशासन र निकायहरूमा जानुभन्दा झन्झट व्यहोर्न नचाहने जमात रहेकोले कुनै पनि प्रहरी इकाइमा त्योसँग सम्बन्धित तथा यस्तै प्रकृतिको उजुरी आउने गरेको नपाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकारी बताउँछन् ।
‘त्यसो त फरक–फरक व्यक्तिहरूसँग कम, कम रकम ठगी गरे पनि सामूहिकरुपमा धेरै हुने भएकाले सामान्यरुपमा लिन हुँदैन’, आर्थिक दैनिकसँगको संक्षिप्त कुराकानीको क्रममा एक प्रहरी अधिकारी भने । उनले कुराकानीकै क्रममा यस्ता कुराहरू प्रहरीमा नै आउनुपर्छ भन्ने नभए पनि कुनै पनि सञ्चारमाध्यममा आएपछि सत्यतथ्य के हो त भनेर बुझ्न सकिने बताउँदै कुनै पनि व्यक्तिले अन्याय सहन नहुने बताए ।

No description available.

काठमाडौंका तीन जिल्लामा सञ्चालनमा आएको च्यानल नेटवर्कहरूमध्ये कम सिग्नल तर महङ्गो शुल्क त छँदै छ, च्यानलको सिग्नल समेत समय–समयमा जाने आउने समस्याबाट पीडित हुने गरेको गुनासो ग्राहकहरूको छ । समयमै शुल्क बुझाउनु ग्राहकको कर्तव्य हो भने निष्पक्ष र उत्कृष्ट सेवा दिनु सेवाप्रदायक कम्पनीको दायित्व र धर्म पनि हो । आफ्नो सेटअप बक्समा सिग्नल नआएको भन्दै केबलको कार्यालयमा सम्पर्क गर्दा तुरुन्त पठाइदिने आश्वासन आउने गरे पनि दुई÷तीन दिनसम्म च्यानल बनाउन नआउने गरेको भन्दै केबलको व्यवहारदेखि आजित भएको बताउँछिन् नागार्जुन नगरपालिका गैह्रीगाउँकी एक ग्राहक ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया