मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
काठमाडौँ ।
मृत्यु भइसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली टुंग बहादुर बस्नेत खडा गरी बस्नेतकै नामको जग्गा ठगी गर्ने गिरोह नै पक्राउ परेको हो ।पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सिंह राजवंशी, भद्रपुर नगरपालिका–७ ठेगाना भएका ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ ठेगाना भएका ५० वर्षीय लिलाधर राजवंशी, गौरीगंज गाउँपालिका–१ बस्ने भोजपुर तिवारी भञ्ज्याङ्ग–२ घर भएका ३७ वर्षीय बलराम विश्वकर्मा, झापा शिवसताक्षी नगरपालिका–८ ठेगाना भएका ४२ वर्षीय भुपदेव कटुवाल, अर्जुनधारा नगरपालिका–५ ठेगाना भएका ५३ वर्षीय लेखनाथ खनाल, बिर्तामोड नगरपालिका–४ ठेगाना भएका ३४ वर्षीय गोविन्द वान्तवा, कोटी होम सुरुङ्गा बस्ने बिर्तामोड नगरपालिका–१० ठेगाना भएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड नगरपालिका–४ ठेगाना भएकी ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी नगरपालिका–४ ठेगाना भएका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।
बिर्तामोड नगरपालिका–१ स्थित स्व. टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धूर क्षेत्रफल रहेको जग्गालाई ठगी गर्ने उद्देश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी मृत्यु भइसकेका टुंग बहादुर बस्नेतको नक्कली नागरिकता बनाई २०७७ असोज २८ गते जिल्ला अदालत काठमाडौंबाट झापा बिर्तामोड नगरपालिका–२ बस्ने चैतुवारी बाह्रदशी गाउँपालिका–३ घर भएका मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा बनाएका थिए ।
उक्त वारेसनामामार्फत बिर्तामोड नगरपालिका–४ बस्ने रञ्जु राईको नाममा २०७७ माघ २१ गते राजीनामा पास गरेको घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेपश्चात् १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न हाल फरार अन्य छ जनाको प्रहरीले खोजी गरिरहेको छ । उनीहरुउपर ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
- कर्णाली डेभलपमेन्ट बैंकले कमायो दुई करोड ८८ लाख
- स्वालम्वन लघुवित्तको तेस्रो त्रैमासिक नाफा ११ करोड ८६ लाख
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया