Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाटभटेनीसहितका व्यावसायिक फर्मले नक्कली भ्याटबिल प्रयोग गरेको सर्वोच्चको ठहर

भाटभटेनीसहितका व्यावसायिक फर्मले नक्कली भ्याटबिल प्रयोग गरेको सर्वोच्चको ठहर


काठमाडौं, पुस २९
वि.सं. २०६७ सालमा आन्तरिक राजस्व विभागले गरेको छानबिनमा व्यावसायिक फर्र्महरुले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको भनेर निकालेको निष्कर्षलाई सर्वोच्च अदालतले पनि ठहर गरिदिएको छ । नक्कली भ्याटबिल र आयकर छली गरेको मुद्दाको पहिलो चरणमा मुद्दा दायर गरेका पाँचमध्ये चारवटा फर्मले राजस्व छली गरेको ठहर सोमबार सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गरेको हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोेर, एआईटी इन्टरनेशनल, बीएस बानियाँ स्टोर्स एण्ड फर्म र शंकर अक्सिजन ग्यासले राजस्व छली गरेको भन्ने यसअघिको राजस्व न्यायाधिकरणको फैसलालाई सर्वोच्चले सदर गरिदिएको छ भने अरुण इन्टरकन्टिनेन्टलको बारेमा भने न्यायाधिकरणले गरेको फैसला सर्वोच्चले उल्ट्याइदिएको छ । अब अरुणले भने छली गरेको भनिएको राजस्व तिर्नुपर्नेछैन । नक्कली भ्याटबिल प्रकरणका डेढ सयभन्दा बढी कम्पनीले राजस्व न्यायाधीकरणको फैसला उल्ट्याउन माग गर्दै हालेको निवेदन स्वीकृत भएर सर्वोच्च अदालतमा विचाराधीन थिए । सुरुका मुद्दाबाट तय हुने न्यायिक दृष्टिकोणले अरु डेढ सय मुद्दालाई मार्गनिर्देश गर्ने अनुमान गरिएको बेला पहिलो चरणमा सुनुवाइ भएका अधिकांश मुद्दामा सर्वोच्चले व्यवसायीलाई हराइदिएको छ ।

२०६७ पुस ८ गते आन्तरिक राजस्व विभागले तत्कालीन उपमहानिर्देशक लक्ष्मण अर्यालको संयोजकत्वमा एक समिति गठन गरेर नक्कली भ्याटबिल प्रयोगबारे छानबिन गरेको थियो । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले छानबिन पूरा गर्दा ती ५१८ वटा फर्मलाई ३ अर्ब ६ करोड ८० लाख ७१ हजार मूल्य अभिवृद्धि कर (भ्याट), ३ अर्ब ३२ करोड ४३ लाख ६० हजार आयकर तथा २० करोड ५२ लाख ७५ हजार रुपैयाँ अन्तःशुल्कको राजस्व गरी ६ अर्ब ५९ करोड ७७ लाख ६ हजार कर निर्धारण गरिएको थियो ।

कर निर्धारण गरिएकोमध्ये तत्कालै ११ करोड ५५ लाख २५ हजार असुल भइसकेको थियो । कर निर्धारण गरिएका ५१८ करदातामध्ये १४८ करदाताहरुले प्रशासकीय पुनरवलोकनको लागि आन्तरिक राजस्व विभागमा निवेदन दिएका थिए । नक्कली बिलबीजक जारी गर्नेहरुमा व्यापारतर्फका २२७ वटा फर्म, ठेक्काका ८३, उद्योगका ५८, सवारीसाधनका ४४, हार्डवेयरका ३७, सेवाका ९, डिपार्टमेन्टल स्टोर ४ र अन्य ५६ वटा गरी ५१८ वटा फर्म रहेका छन् ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक राजन खनालले अर्थ मन्त्रालयका तत्कालीन सचिव रामेश्वर खनालसँगको परामर्शमा नक्कली भ्याटबिल प्रकरणको छानबिन अगाडि बढाएका थिए । छानबिन अगाडि बढेपछि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सचिव खनालले जानकारी गराएका थिए । मन्त्री पाण्डेले निर्बाध रुपमा छानबिन अगाडि बढाउन निर्देशन दिएपछि विना अवरोध छानबिनले अगाडि बढेको थियो ।

नक्कली भ्याटबिल प्रयोग गरेर भ्याट फिर्ता लिएर व्यवसायीहरुले भ्याट र आयकर छली गरेको उजुरी विभागमा परेपछि आन्तरिक राजस्व विभागले २०६७ साल माघ १९ गते भाटभटेनी डिपार्टमेन्ट स्टोरमा छापा मरेर कागजात जफत गरेको थियो । कागजपत्रको अध्ययन गर्ने क्रममा भाटभटेनीले नक्कली भ्याटबिलको आधारमा खर्च बढाएर आयकर छलेको देखिएको थियो । विभागले देशभरका कर कार्यालयमार्फत छानबिन अगाडि बढाएको थियो । एउटा फर्ममा छानबिन थालेपछि त्यसले प्रयोग गरेका विभिन्न ठाउँका भ्याटबिल फेला परेपछि कर कार्यालयहरुलाई छानिबनका लागि सक्रिय बनाइएको थियो ।

छानबिनको क्रममा भाटभटेनीले २०६४ साल साउनदेखि २०६७ साल माघभित्रको अवधिमा करछली गरेको पुष्टि भएको थियो । त्यतिबेला करले भाटभटेनीलाई २२ करोड ६७ लाख ४४ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । उक्त रकम भ्याट, थप दस्तुर ब्याज र जरिवानासमेत हो । भाटभटेनीले एक सय ५२ वटा कम्पनीसँग सामान खरिद गरेको देखाइए पनि अधिकांश नक्कली थिए । कर कार्यालयले लगाएको कर निर्धारण खारेज गर्न भाटभटेनी राजस्व न्यायाधिकरणमा मुद्दा हालेको थियो ।

न्यायाधिकरणले २०७४ साल असार २९ गते भटभटेनीको दाबी स्वीकार नगरी कर कार्यालयको निचोडलाई सदर गरिदिएको थियो । न्यायाधिकरणको निर्णयअनुसार भाटभटेनीले २२ करोड ६७ लाख ४४ हजार भ्याट र जरिवाना तथा त्यसको ब्याजसमेत तिर्नुपर्ने भयो । त्यही कारण सोही मुद्दा लिएर भाटभटेनी सर्वोच्च गएको थियो । सर्वोच्चबाट सोमबार मुद्दा हारेपछि अब भाटभटेनीले उक्त रकम तिर्नुपर्ने भएको छ ।

यस्तै, एआईटी प्रालि नामक कम्पनीले २४ लाख ९५ हजार भ्याटछली गरेको कर कार्यालयले ठहर गरेको थियो । त्यसलाई न्यायाधिकरणले पनि सदर गरेको थियो भने सोमबार सर्वोच्चले पनि त्यसैलाई सदर गरिदिएको छ । अब उसले सरकारलाई उक्त रकम तिर्नुपर्नेछ । यसैगरी, बीएस बानियाँ स्टोर्स एण्ड फर्मले भ्याट र आयकर गरी ५७ हजार पाँच सय ४८ रुपैयाँ करछली गरेको भन्दै कर कार्यालयले निचोड निकाली ५७ हजार पाँच सय ४८ रुपैयाँ नै जरिवाना पनि थप गर्नुपर्ने जनाएको थियो । त्यसलाई न्यायाधिकरणले सदर गरेको थियो । न्यायाधिकरणको सदरलाई सर्वोच्चले पनि सदर गरिदिएको छ । त्यसका सञ्चालक महेश बानियाँ हुन् ।

सर्वोच्चमा मुद्दा हाल्ने अर्को कम्पनी थियो, शंकर अक्सिजन ग्यास । उसले दश वटा नक्कली फर्मको बिल प्रयोग गरेर २२ लाख १३ हजार रुपैयाँ भ्याट छली गरेको र त्यति नै थप दस्तुर तथा त्यति नै जरिवाना तिर्नुपर्ने कर कार्यालयका निचोड थियो । राजस्व न्यायाधिकरणले कर कार्यालयको निर्णय सदर गरेको थियो । सोमबार सर्वोच्चले पनि न्यायाधिकरणको निर्णय सदर गरिदिएपछि अब त्यसका सञ्चालक शंकरलाल अग्रवालले राज्यलाई छली भएको कर, जरिवाना र ब्याज तिर्नुपर्नेछ ।

यस्तै, अरुण इन्टरकन्टिनेन्टलले तीन करोड ६५ लाख रुपैयाँको नक्कली बिल देखाएर ५० लाख १६ हजार रुपैयाँ भ्याट छली गरेको ठहर न्यायाधिकरणले गर्दै त्यति नै रकम जरिवाना तिर्नुपर्ने ठहर गरेको थियो । त्यसमा भने अरुणले सफाइ पाएको छ । आन्तरिक राजस्व विभागले गरेको छानबिनमा पाँच सय १८ वटा व्यावसायिक फर्मले नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गरेको पुष्टि गरेपछि केहीले त्यसलाई मानेर कर तिरेका छन् भने केही राजस्व न्यायाधिकरणमा मुद्दामा गएका थिए । न्यायाधिकरणले पनि मुद्दा हराएपछि उनीहरु सर्वोच्चमा पुगेका हुन् ।

सर्वोच्चले पहिलो चरणमा पाँच व्यावसायिक फर्मको फैसला गरेपछि मुद्दा हालेका डेढ सयभन्दा बढी फर्मका सञ्चालक त्रसित भएका छन् । नक्कली भ्याटबिल प्रयोग गर्नेमा सानादेखि ठूला सबै किसिमका व्यावसायिक फर्म परेका थिए । फ्रिडम फोरम भन्ने संस्थाले सूचना हक प्रयोग गरेर पाँच सय १८ वटा फर्मको नाम अर्थ मन्त्रालयसँग माग गरे पनि उसले चार सय ३६ वटाको मात्र नाम दिएको थियो । ८२ वटा फर्म भने उच्च र पहुँचवालाको भनेर नाम दिन मानेको थिएन । त्यतिबेला कर कार्यालयको निचोडलाई मानेर कर तिर्नेहरु अहिले चर्चामा नरहे पनि नक्कली भ्याट बिल पनि प्रयोग गर्ने र होइन पनि भन्नेहरु झण्डै एक दशकसम्म पनि चर्चामा छन् । उनीहरुको दाबी पराजित भएपछि अब शिर निहुराएर कर तिर्न बाध्य भएका छन् ।

झूठो तथा नक्कली बीजक जारी भएका ५ सय १८ मध्ये ४ सय ३६ वटा व्यावसायिक फर्महरुको विवरण :
१. विपिन ई. प्रा., २. अंकुश ट्रेडर्स, ३. राकेश फैन्सी स्टोर्स जे.अ. प्लायर्स, ४. नाथ इम्पेक्स, ५. विनायक आयल स्टोर बारा, ६.वर्णवाल आयल स्टोर रौतहट, ७. गणपति सःमिल/टिम्बर, टिम्बर किङ्गस, .त्रिशक्ति फ्युल सेन्टर ललितपुर, ९. स्वेता आयल सेन्टर, १०.कोइराला ट्रेडर्स (सिष्टममा भएको), ११. एम रानी जनरल स्टोर्स एण्ड सप्लायर्स, १२ कन्चन सप्लायर्स एण्ड ट्रेडर्स, १३. डब्लु इन्टरप्राइजेज, १४ न्यू आर.वि. इम्पेक्स १५. वि.एस. इ. प्रा, १६.जगदम्वा ट्रेडिङ्ग कन्सर्न, १७. विना फर्निसिङ, १८. पानास्वानिका सेन्टर, १९.ए.एस. हार्डवयर, २०. सरिता इन्टरप्राइजेज, २१. शान्ति ट्रेडिङ्ग सेन्टर २२. भोला निर्माण सेवा, २३ विष्णुलिला इन्टरप्राइजेज, २४. विकेश इन्टरप्राइजेज, २५. किरण इन्टरप्राइजेज, २६. तपस्या ट्रेडर्स, २७ गहवा माई सप्लायर्स, २८ पर्वत ट्रेडर्स, २९ लोप्साङ इन्टरप्राइजेज, ३० न्यू रिता इ.प्रा., ३१ ॐ श्री जी.जी. सप्लायर्स, ३२ आशिष अफसेट प्रेस, ३३ श्री राज इम्पेक्स, ३४ मन्नु इन्टरप्राइजेज, ३५ सुमन ट्रेडिङ्ग, ३६ राकेश फेन्सी स्टोर्स, ३७ पायोनियर रोड क्यारियर्स प्रालि, ३८ गुराँस कपडा पसल, ३९ सुभासिष ट्रेड सेन्टर, ४० गीताञ्जली सप्लायर्स टे«डर्स, ४१ विपिन इन्टरप्राइजेज, ४२ न्यू समि इन्टरप्राइजेज, ४३ सरिता इन्टरनेशनल विजनेस प्रालि, ४४ न्यू सबिता इन्टरप्राइजेज, ४५ भृकुटी तोफु म्यानुफ्याक्चरि, ४६ चन्द्र क्राफ्ट फर्निचर, ४७ विश्वकर्मा इम्पेक्स, ४८ न्यू जगदम्वा ट्रेडर्स, ४९ रुन्द्र शंकर सप्लायर्स, ५० त्रिनेत्र इ.प्रा., ५१ चौधरी आर्ट एण्ड एडभरटाइजिङ सर्भिस, ५२ न्यू आर. वि. ट्रेडर्स, ५३ दिपज्योति सप्लायर्स, ५४ मिडिया कन्सेप्ट एड प्रा.लि., ५५ न्यू जय नेपाल जनरल सप्लायर्स, ५६ न्यू महाकाली इन्टरप्राइजेज, ५७ फ्रेण्डस इन्टरनेशनल प्रालि, ५८ शिवराम सप्लायर्स, ५९ अपू्रमाणित (पान नम्बर ३०१५९२९९७), ६०. न्यू गुडविल इन्टरप्राइजेज, ६१ दमन ट्रेडर्स सितापाइला, ६२ दावा इन्टरप्राइजेज, ६३ ए.सि. हार्डवेर कन्सर्न, ६४ शिभम् अटो वर्कशप प्रालि, ६५ कुवेर सप्लायर्स, ६६ राई जनरल सप्लायर्स, ६७ गणपति जनरल अर्डर सप्लायर्स धापासी, ६८ यु.जे. सप्लायर्स ६९ गुरु गोरखनाथ इन्टरनेशनल ७०. गमला ट्रेडर्स ७१ कृष्ण एण्ड सन्स निर्माण सेवा ७२. वि.ए. इन्टरनेशनल प्रा.लि., ७३ जलजला इन्टरनेशनल ७४. हरिओम सप्लायर्स काठमाडौं, ७५. पशुपति प्लाई हार्डवेयर ट्रडर्स, ७६. स्टार इन्टरप्राइजेज, ७७. न्यू भद्रकाली सप्लायर्स, ७८. रिना इन्टरनेशनल प्रा.लि., ७९. सवल इन्टरप्राइजेज, ८०. सि.पि.ई. प्रा., ८१. पर्शुराम इ.प्रा. सितापाइला, ८२. सृष्टि ट्रेड कन्र्सन, ८३. रामा निर्माण सेवा (उग्रवज्र निर्माण सेवा), ८४. आश्विन इन्टरनेशनल प्रा.लि., ८५. वाइड ट्रेड लिंक एण्ड मार्केटिङ्ग प्रा.लि., ८६. श्री माता मनकामना इन्टरप्राइजेज, ८७. मुक्तेश्वर नाथ ट्रेडिङ्ग कं. प्रा.लि, ८८. धौलागिरी इन्टरप्राइजेज, ८९. कमला देवी इन्टरप्राइजेज, ९०. पिपल ई. प्रा., ९१. दक्षिणकाली आयल स्टोर, ९२. सुनगाभा इन्टरप्राइजेज, ९३. भिम इ.प्रा., ९४. न्यू दिनेश इ. प्रा.कुलेश्वर, ९५. तातोपानी एक्सपोर्ट इम्पोर्ट, ९६. मुक्तिनाथ सप्लायर्स, ९७. गुहेश्वरी कन्र्सन प्रा.लि., ९८. तारा बस्नेत इ.प्रा. चपली, ९९. न्यू श्रीराम इन्टरप्राइजेज, १००. कुशेश्वर इम्पेक्स, १०१. देवता कन्सर्न, १०२. अदिती ग्लोबल, १०३. पशुपति कन्सर्न, १०४. चमेलीमाई इन्टरनेशनल प्रा.लि., १०५. गीताञ्जली सप्लायर्स, १०६ चौधरी गिताङजली सप्लायर्स, वालाजु, १०७. राज इम्पेक्स, १०८. खवासे ट्रेडे एण्ड सप्लायर्स, १०९. तुला सप्लायर्स काठमाडौं १३, ११०. न्यू थापा ट्रेडर्स, १११. न्यू के.वि.एस. इन्टरप्राइजेज, ११२. ओम शान्ति इन्टरनेशनल विजनेश प्रालि, ११३. हिमल्याण्ड ट्रेडर्स, ११४. वि. ट्रेड इम्पेक्स, ११५. न्यू टिभी प्यालेस, ११६. जेपी ट्रेडर्स एण्ड सप्लायर्स, ११७. न्यू सपना ट्रेडर्स, ११८. सेनाव मोवाईल ग्लारी होम, ११९. सूचना केन्द्र प्रालि, १२०. एनपि ट्रडर्स, सितापाइला, १२१. कोशी ट्रेड कन्सर्न, १२२. न्यू वि.सि.इ.प्रा. (सि.सि.ई.प्रा. दर्ता भएको), १२३. स्टार ट्रेड कन्सर्न, १२४. मेची महाकाली ट्रेडर्स, १२५. सुरक्षा सप्लायर्स, १२६. न्यू स्वीट इन्टरनेशनल, १२७. न्यू काठमाडौं ट्रेडर्स, १२८. वि.ए. इन्टरनेशनल, १२९. एल. एल. ट्रेडर्स, १३०. द न्यू अधिकारी ट्रेडर्स, १३१. डि.एल.डि ट्रेडर्स, १३२. कोमल इन्टरप्राइजेज, १३३. आकृति वेंगल स्टोर्स, १३४. सरस्वती इम्पोरियम, १३५. रबिना इम्पेक्स १३६. अंकित ट्रेडर्स, १३७. युनिभर्सल एडभरटाइजिङ्ग एण्ड मिडिया सप्लायर्स, १३८. सिरुपाते इन्टरप्राइजेज, १३९. होम हाइटेक मिडिया प्रालि, १४०. विराटकालिन ट्रेडिङ्ग प्रालि, १४१. एम एण्ड एस मोटरसाइकल सपी, १४२, न्यू सम्झना ट्रेडर्स, १४३. शिवम् इन्टरप्राइजेज, १४४. चक्रेश्वर इन्टरप्राइजेज, १४५. शिवम् सप्लायर्स, १४६. मिमा फेशन क्राफ्ट प्रा.लि. (देउराली डाँडा म्युजिक इण्डष्ट्रिज प्रालि), १४७. जनता आटर्स एण्ड जनरल सप्लायर्स, १४८. अभिनाष ट्रेड एण्ड सप्लायर्स कुलेश्वर, १४९. निरज एण्ड कम्पनी, १५०. सिरिष ट्रेड इन्टरनशेनल, १५१. पुर्वे सफ्टवेयर, १५२. उन्नति ट्रेड कन्सर्न, १५३. जय कृष्ण इन्टरप्राइजेज, १५४. न्यू गुरु ट्रेड सप्लायर्स कुलेश्वर, १५५. धप्रेक ट्रेड सप्लायर्स, १५६. थामी ट्रेड इन्टरनेशनल, १५७. न्यू पिबि इम्पेक्स, १५८. पवित्रा इन्टरप्राइजेज, १५९. निशा जनरल सप्लायर्स, १६०. अटो इन ट्रेडर्स प्रालि, १६१. न्यू जगदम्वा इन्टरप्राइजेज, १६२. न्यू दक्षिणकाली ट्रेडर्स, १६३. न्यू राज ट्रेडर्स, १६४. न्यू दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, १६५. श्री थापा इन्टरप्राइजेज, १६६. श्री घिमिरे ट्रेडलिंक, १६७. श्री आइरन उद्योग, १६८. माया ट्रेडर्स एण्ड सप्लायर्स, १६९. देवा सः मिल तथा फर्निचर, १७०. न्यू विजया इन्टरनेशनल, १७१. श्री सगुन सप्लायर्स, १७२. न्यू एस आर ट्रेड कन्सर्न, १७३. एम पि सप्लायर्स एण्ड ट्रेडर्स, १७४. न्यू जुनेली इन्टरप्राइजेज, १७५. लिफान इन्टरप्राइजेज, १७६. रियल इन्टरनेशनल, १७७. न्यू वि.वि. ट्रेड कन्सर्न, १७८. न्यू मंगल सिद्धि ट्रेडर्स, १७९. गुरु पेमा इन्टरप्राइजेज, १८०. सेती इन्टरप्राइजेज प्रा.लि., १८१. गमला ट्रेडर्स प्रालि, १८२. दिभाज आर्ट एण्ड एडभरटाइजिङ्ग सर्भिसेज, १८३. मेघदुत सप्लायर्स प्रा.लि., १८४. न्यू सुमन इन्टरनेशनल, १८५. नयाँ निलम ई.प्रा., १८६. रानी सती इम्पोरियम प्रालि, १८७. के.एन. सप्लायर्स, १८८. दिपी सप्लायर्स एण्ड ट्रेडर्स, १८९. डि.के. इन्टरनेशनल, १९०. न्यू वेलौनी इन्टरप्राइजेज, १९१. प्रगति सप्लायर्स, १९२. ए.एस. के ट्रेडर्स वल्खु, १९३. न्यू कमला सप्लायर्स वालाजु, १९४. मिलिना इ.प्रा. वल्खु, १९५. गौरी गणेश सप्लायर्स, १९६. न्यू नन्दन ट्रेडिङ्ग कुलेश्वर, १९७. न्यू मालुनी इन्टरप्राइजेज, १९८. चुरियामाई ट्रेडर्स एण्ड सप्लायर्स, १९९. आदित्य एण्ड अनिका ट्रेडर्स सप्लायर्स, २००. सप्लाई सोलुशन, २०१. जयमा दुर्गा काष्ठ उद्योग, २०२. न्यू मेरिना ट्रेड कन्सर्न, २०३. श्री कृष्ण इन्टरनशेनल, २०४. न्यू साधनी इन्टरप्राइजेज, २०५. हेम्स इन्टरप्राइजेज, २०६. जटायू एडभरटाइजिङ्ग, २०७. न्यू सलामी इन्टरप्राइजेज, २०८. जय वजरंगवली ट्रेड कन्सर्न, २०९. सुनिल इ.प्रा. बानेश्वर, २१०. मुना विजनेश इन्टरप्राइजेज, २११. चामुण्डा निर्माण सेवा, २१२. प्रतिभा जेनरल सप्लायर्स, २१३. न्यू मण्डल कन्सर्न वानेश्वर, २१४. एडभर मार्केटिङ्ग एण्ड सप्लायर्स, २१५. चक्रवर्ति नवराज ट्रेड कन्सर्न, २१६. आरएन सप्लायर्स कामपा १४, २१७. शक्तिमाता इम्पोरियम, २१८. न्यू एलएल ट्रेडिङ्ग, २१९. एन.पि. कन्सर्न, २२० हनि ई.प्रा., २२१. न्यू आई डि. सप्लायर्स, २२२ न्यू सगुन सप्लायर्स, २२३ जिपि सप्लायर्स, २२४ परमआस्था ट्रेडिङ्ग कंं, २२५ ऋषिका सप्लायर्स, २२६ आई भिजन, २२७ शुभम् श्री पशुपति ट्रेडर्स, २२८ ए.वोन. हट एण्ड कोल्ड प्रालि, २२९ लक्ष्मी मोविल एण्ड लुब्रिकेन्टस, २३० पलक ट्रेडिङ्ग कम्पनी प्रा.लि., २३१ एस.एन.पी. ट्रेड कन्सर्न, २३२ एस. आर. इलेक्ट्रिक्स सप्लायर्स, २३३ रुची सप्लायर्स, २३४ न्यूटन इन्टरनेशनल, सिनामंगल, २३५. मुना मल्टी ट्रेडर्स प्रालि, २३६ न्यू नारायण ट्रेड कन्सर्न, २३७ अर्घाखाँची लुबिनी गेष्ट हाउस, २३८ पेशल ट्रेड कन्सर्न, २३९. मिलीजुली ट्रेडर्स एण्ड सप्लायर्स, २४०. मिलिजुली ट्रेडर्स, २४१. न्यू जकटेवल ई.प्रा., २४२. शान्ति रेडिमेड टेलरिङ्ग वागबजार, २४३. न्यू आरवि इम्पेक्स कुलेश्वर, २४४. न्यू वि.के. ई.प्रा. कालिमाटी (कृष्ण प्याकेज), २४५. रोयल आर्ट एण्ड एडभरटाइजिङ्ग कालीमाटी, २४६. शिया सप्लायर्स, २४७. एड आर्ट एण्ड एडभरटाइजिङ्ग सर्भिस, २४८. योन्जन स्टोर, २४९. न्यू राज इन्टरनेशनल कालिमाटी, २५०. आर्यण ट्रेड कन्सर्न, २५१. आशुतोष इम्पेक्स प्रा.लि., २५२. संजय ट्रेडर्स, २५३. सुमित ट्रेडर्स, २५४. फ्युचर इन्टरनेशनल, २५५. नाईस ट्रेड लिंक, २५६. संचल ट्रेडिङ्ग सप्लायर्स, २५७. गुरुदेव सप्लायर्स नयाँवजार, २५८. सुकदेव सप्लायर्स, २५९. जुनेली ट्रेडर्स प्रालि, २६०. सूर्यमुखी ट्रेडर्स प्रालि, २६१. सुसलिङ्ग मल्टी ट्रेडर्स प्रालि, २६२. माँ काली अर्डर सप्लायर्स, २६३. शिवशक्ति इम्पेक्स प्रालि, २६४. रुपा इन्टरप्राइजेज, २६५. वाई.वि. ट्रेड कन्सर्न, २६६. न्यू लिला सप्लायर्स, २६७. शिव पार्वती इन्टरप्राइजेज, २६८. मंगलम इन्टरनेशनल, २६९. अटो ईन इन्टरप्राइजेज, २७०. यामा पि दया मल्टिपर्पोज कम्पनी प्रालि, २७१. श्रीराम कन्सर्न प्रालि, २७२. पि.पि. इन्टरप्राइजेज, २७३. रेशम कन्सर्न, २७४. जे.पी. ट्रेडर्स, २७५. डिजीटल टे«डर्स, २७६. केष्ट इनोभेसन प्रालि, २७७. रुद्र फिल्मसु ल्यावस् एण्ड स्टुडियो, २७८. ढकाली कान्सर्न, २७९. न्यू एम.एस. इन्टरनेशनल, २८०. के.आर. एडभरटाइजिङ्ग, २८१. फ्युचर इन्जिनियरिङ्ग कन्सर्न, २८२. न्यू कृष्ण ई.प्रा., २८३. न्यू मगर इन्टरप्राइजेज, २८४. शिवाको ट्रेड कन्सर्न, २८५. स्मार्ट इन्टरनेशनल, २८६. उत्सभ ट्रेड कन्सर्न, २८७. केमिकल एण्ड मेसिनरी सप्लायर्स, २८८. हाईवयर एण्ड सेनेटरी स्टोर्स, २८९. के.के. वस्त्रालय एण्ड सन्स प्रालि., २९०. जुनु हार्डवेयर एण्ड वस्त्रालय ट्रेडर्स, २९१. ॐ ट्रेड एण्ड सप्लायर्स, २९२. न्यू श्रेष्ठ ट्रेड कन्सर्न, २९३. सुजित इम्पेक्स, २९४. समृद्धि ट्रेड कन्सर्न, २९५. मारुती एडभरटाइजिङ्ग, २९६. न्यू विकास ट्रेडर्स, २९७. गहवामाई इन्टरप्राइजेज, २९८. कालिका इ.प्रा., २९९. जय श्री वंगलामुखी सप्लायर्स, ३००. न्यू छिला देवी ट्रेडर्स कामपा १३, ३०१. दिपु मोटर्स पार्टस्, ३०२. न्यू ग्रेण्ड ट्रेडर्स, ३०३. विशाल एडभरटाईजिङ्ग सेवा, ३०४. न्यू विवेक ट्रेडर्स, ३०५. जय दक्षिणकाली माई सप्लायर्स प्रा.लि. ठमेल, ३०६. जय श्रीराम सप्लायर्स प्रालि वल्खु, ३०७. श्री वागेश्वरी इम्पेक्स कुलेश्वर, ३०८. न्यू रियल सप्लायर्स ३०९. निधि इम्पेक्स, ३१०. रितु इ.प्रा. ठमेल, ३११. इम्याजिन आर्ट एण्ड एड्भरटाइजिङ्ग सर्भिस ठमेल, ३१२. सनराई एडभरटाइजिङ्ग, ३१३. रिति सर्जिकल प्रालि, ३१४. सुरक्षा सप्लायर्स, ३१५. न्यू सिता सप्लायर्स ठेमल, ३१६. न्यू सुनगाभा एण्ड सप्लायर्स, ३१७. वंगलामुखी सप्लायर्स, ३१८. निशा ट्रेड लिंक, ३१९. रिम ट्रेडर्स, ३२०. शिवन ट्रेड लिंक, ३२१. शिवम् सप्लायर्स, ३२२. सनसनी सप्लायर्स वीरगञ्ज, ३२३. झलक ई.प्रा. विरगञ्ज, ३२४. सुमन ट्रेडर्स, ३२५. कागवेनी कन्सर्न, ३२६. न्यू घिमिरे सप्लायर्स कामपा १३, ३२७. नयाँ कृति सप्लायर्स कालिमाटी, ३२८. गुरु गोरखनाथ सप्लायर्स प्रालि, ३२९. आयु शाक्य ट्रेडर्स नयाँ वानेश्वर, ३३०. गौरी कन्सर्न, ३३१. शिव कन्सर्न, ३३२. संचिता ट्रेडर्स, ३३३. सालिमा सप्लायर्स, ३३४.सि.एन. ट्रेडर्स शान्तिनगर, ३३५. न्यू गणपति ट्रेडर्स, ३३६. न्यू तारा इम्पेक्स नयाँ वानेश्वर, ३३७. राम जेडि ट्रेड कन्सर्न, ३३८. नेपाल टुर डे एक्स्पे्रस प्रालि, ३३९. त्रिफला कन्सर्न, ३४०. गान्धारी इन्टरप्राइजेज, ३४१. स्पर्श अटो कन्सर्न, ३४२. शक्ति एडभरटाइजिङ्ग, ३४३. जय शिभ डभरटाइजिङ्ग ३४४. न्यू आगमन कन्सर्न, ३४५. अम्वर एडभरटाइजिङ्ग, ३४६. जेवि सप्लायर्स नयाँ वानेश्वर, ३४७. कुवेर सप्लायर्स, ३४८. वि एण्ड के सप्लायर्स नयाँ वानेश्वर, ३४९. टि.एन.वि. सप्लायर्स शान्तिनगर, ३५०. चाँद ट्रेडर्स, ३५१. मिकरानी सप्लायर्स, ३५२. एस.के. एस. सप्लायर्स प्रालि नयाँ वबजार, ३५३. भुपन ट्रेडर्स एण्ड सप्लायर्स प्रालि कालिमाटी, ३५४. श्री कन्सर्न, ३५५. साई मार्केटिङ्ग, ३५६. आशी ई.प्रा. एण्ड सप्लायर्स प्रालि कालीमाटी, ३५७. डायनामिक ट्रेडर्स एण्ड सन्स नयाँवानेश्वर, ३५८. स्टार एडभरटाइजिङ्ग, ३५९. न्यू सगुन सप्लायर्स, ३६०. क्राउन इन्टरनेशनल सप्लायर्स पर्सा (ह्दय इन्टरनेशनल), ३६१. डल्फिन इ.प्रा. नयाँवानेश्वर, ३६२. एक्सप्रेस अफिस सप्लायर्स, ३६३. रोयल ट्रेडर्स, ३६४. कञ्चल ट्रेड सेन्टर, ३६५. न्यू लामा ई.प्रा, ३६६. दावा इन्टरप्राइजेज, ३६७. सिल्भर इस्टेट प्रा.लि., ३६८. एस. एम. इन्टरनेशनल, ३६९. रञ्जना इलेक्ट्रोनिक्स, ३७०. जि. एम. वि. ई. प्रा., ३७१. अप्सारा इन्टरप्राइजेज, ३७२. संगिता इन्टरप्राइजेज, ३७३. जय वंगलाजि कं. प्रालि, वत्तीसपुतली, ३७४. काठमाडौं ट्रेनिङ्ग इन्ष्टिच्यूट प्रालि, ३७५.शुभ इन्टरप्राइजेज प्रालि. ३७६. न्यू विजय ट्रेडर्स, ३७७. उपमा श्री ट्रेड एण्ड सप्लायर्स, ३७८. कोइराला ट्रेडर्स, ३७९. जागृत ट्रेडर्स, ३८०. जि.आर. सप्लायर्स, ३८१. कृष्ण प्याकेजी वर्कशप काठमाडौं ७,३८२. ह्याम्स एडभरटाइजिङ्ग, ३८३. डे एण्ड डे एडभरटाइजिङ्ग, ३८४. गुरु गोरखनाथ ई. प्रा.

अर्थले फ्रिडम फोरमलाई विवरण दिँदा छानविन शुरु गरिएका करदाताको विवरण
१. मोरङ्ग अटो वक्र्स त्रिपुरेश्वर, २. वि.एम. इन्टरप्राइजेज, त्रिपुरेश्वर, ३. युनाइटेड डिस्ट्रिव्यूटर्स पुतलीसडक, ४. हिम इलेक्ट्रोनिक्स प्रालि गणवहाल, ५. एशोसिएट्स अटोमोवाईल्स प्रालि काठमाडौं, ६. हिमालयन इन्टरप्राइजेज काठमाडौं, ७. ए.आई.टि. प्रालि काठमाडौं, ८. अरुण इन्टरकण्टीनेण्टल ट्रेडर्स काठमाडौं, ९. व्हिल्स अटो प्रालि ललितपुर, १०. सूर्य अटोमोवाईल्स प्रालि ललितपुर, ११. ज्योति ओभरसिज ट्रेडर्स त्रिपुरेश्वर, १२. शक्ति कमर्सियल इन्टरप्राइजेज काठमाडौं, १३. युनाइटेड, श्याम सुन्दर एण्ड डाँफे कन्स्ट्रक्सन जिभि अनामनगर, १४. १४. युनाईटेड, लामा श्याम सुन्दर जेभि काठमाडौं, १५.युनाईटेड विल्डर्स एण्ड ई. प्रा.लि. अनामनगर, १६. विश्वकर्मा सिमेन्ट प्रालि नवलपरासी, १७. वामा मोटर्स प्रालि कमलादी काठमाडौं, १८. सिजिजिसि चमेलिया प्रोजेक्ट डिपार्टमेन्ट अफ नेपाल, १९. जगदम्वा स्टिल प्रालि, २०. वरुण डेप्लपर्स प्रालि, २१. भाटभटेनी डिपार्टमेन्टल स्टोर, २२. मारुती सिमेन्ट प्रालि, २३. सिजि इलेक्ट्रोनिक्स प्रालि, २४. सिजि इम्पेक्स प्रालि, २५. सिजि फुड्स प्रालि, २६. रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, २७. राजेश सेनेटरी वेयर, २८. सिटिसिई/कालिका जेभी, २९. श्री दुगड ब्रदर्श एण्ड सन्स्, ३०. श्री दुगड अटो क्लिनिक प्रालि, ३१. चन्दन वाला इन्टरनशेनल, ३२. गुराँस इन्जिनियरिङ्ग प्रालि, ३३. एम ट्रेड हाउस, ३४. उष्मा ट्रेडर्स, ३५. निष्ठा ट्रेडर्स ।

झूठो तथा नक्कली बीजकका आधारमा कर फिर्ता लिने फर्महरु
१. सरिता इन्टरप्राइजेज,
२. सरिता इन्टरनेशनल विजिनेश प्रालि, ३. आशुतोष इम्पेक्स प्रालि ४. शिवशक्ति इम्पेक्स प्रालि ५. दिगम्वर ट्रेड हाउस ६. दिगम्वर ट्रेड इन्टरनशेनल ७. भिमेश्वर ट्रेड हाउस ।

कार्यालयबाट छानबिन गर्न लगाइएका फर्महरुको विवरण
१.गर्ग डेण्टल सप्लायर्स प्रालि २. गर्ग इम्पेक्स ३. डेण्टमार्ट इन्टरनेशनल प्रालि ४. वायोमेड इन्टरनेशनल प्रालि ५. इष्ट लिंक मोटर्स प्रालि ६. पायोनियर अटो डेकोरे प्यालेस ७. न्यू विकास ट्रेडर्स ८. रिद्धिसिद्धि इन्टरप्राइजेज ९. वुद्ध पिया चुलो उद्योग १०. अटो इन प्रालि ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया