Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक तथा फाइनान्स कम्पनीहरूले २० प्रतिशतभन्दा कम कर्मचारी राखेर सेवा दिनुुपर्ने

बैंक तथा फाइनान्स कम्पनीहरूले २० प्रतिशतभन्दा कम कर्मचारी राखेर सेवा दिनुुपर्ने

कोभिड–१९ को संक्रमणबाट जोगिन आवश्यक सुरक्षा मापदण्ड अपनाउन बैंकहरूलाई निर्देशन


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमणबाट जोगिँदै वित्तीय सेवा उपलब्ध गराउन आवश्यक सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ । आइतबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोभिड १९ को सम्भावित जोखिमबाट जोगिन २० प्रतिशतभन्दा कम कर्मचारीहरू राखेर वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

विश्वव्यापी रुपमा पछिल्ला दिनहरूमा कोभिड १९ को संक्रमण दोस्रो लहरको रुपमा फैलिँदै गएको र सोही रुपमा नेपालमा समेत तीव्ररुपमा फैलिँदै गएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई व्यावसायिक निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

सोहीअनुुरुप ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको राष्ट्र बैैंकले जनाएको छ । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरू अवलम्बन गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुुने कामको लागि मात्र न्यून कर्मचारीहरूको उपस्थितिबाट कार्यसम्पादन हुुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधाज्ञा जारी भएका स्थानहरूमा रहेका केन्द्रीय कार्यालयहरूको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीहरूको उपस्थितिमा सेवा प्रवाह गर्नुपर्नेछ ।

निर्देशनअनुसार कर्मचारीहरूको अनावश्यक उपस्थिति रोक्नको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एक्सेसबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । नजिकै रहेको शाखाहरूको हकमा भने न्यून शाखाहरू सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयहरूबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यस किसिमको व्यवस्थापनको लागि बन्द हुुने शाखा कार्यालयको मूलढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जाल समेतमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुल्ला रहने समयसम्बन्धी सूचनाहरू दैनिकरुपमा प्रकाशन गर्नुपर्नेछ ।

निर्देशनअनुसार संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टुु फेस बैंकिङ सेवाभन्दा पनि विद्युुतीय माध्यमबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुुपर्नेछ भने विभिन्न निकायहरूबाट जारी भएका र हुुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिनुपर्नेछ ।

महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाहरूको अधिकांश कार्य विद्युुतीय माध्यमबाट सम्पादन गर्नुुपर्ने भएकाले यसबाट उत्पन्न हुुनसक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रहेर आवश्यक जोखिम व्यवस्थापन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सेवाग्राहीको भीडभाड नहुुने तथा भौतिक दूरी कायम हुुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने, साथै सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरू यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन, प्रोत्साहित गर्न पनि निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुुथहरूबाट हुुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी सेनिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर्मचारीहरूलाई हुुनसक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दे संक्रमणको जोखिम न्युन गरी सेवा प्रवाह गर्ने, कर्मचारीहरूलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्ने र यसको लागि आवश्यकताका आधारमा रिमोट एक्सिस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क आदिको व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्मचारीहरूमा संक्रमणको शंका लागेमा अविलम्ब परीक्षणको व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीहरूलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट टे«सिङमा परेका कर्मचारीहरूलाई क्वारेन्टाइन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई कोभिड २९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्था गठन गर्न निर्देशन दिएकोमा सो समूहलाई सक्रियरुपमा परिचालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिई महामारीको विशेष अवस्था आइपर्नसक्ने परिस्थितिलाई समेत आकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताको लागि कार्ययोजनासहितको कन्टिजेन्सी प्लानलाई समयानकूलरुपमा अद्यावधिक गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

भुक्तानी प्रदायक र रेमिट्यान्स कम्पनीहरुमा पनि २० प्रतिशत कर्मचारी
यसैबीच, राष्ट्र बैंकले आइतबार नै सूचना जारी गर्दै भुक्तानी प्रदायक र विदेशी विनिमयको कारोबार गर्ने कम्पनीहरुलाई पनि न्यूनतम कर्मचारीहरु राखेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार अनुमतिप्राप्त भुक्तानी प्रदायक सेवा कम्पनीहरुको हकमा २० प्रतिशत र रेमिट्यान्स कम्पनीहरुको हकमा २५ प्रतिशतसम्म कर्मचारी राखेर सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । यसबाहेक वर्क फ्रम होम, कोभिड १९ नियन्त्रणका उपायहरु अपनाएर सेवा प्रवाह गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया