Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त


काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी सोमबार नै नयाँ नियुक्ति गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई सोमबार नै शपथ गराइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया